रबि । मिक्लाजुङमा जारी पाँचथर “ए” डिभिजन लिग फुटबल प्रतियोगितामा आज ४ खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा पाँचथर युनाइटेडले सयपत्री युवा क्लब लाई १-० ले हरायो । पाँचथर युनाइटेडले जारी लिग मा ४ अंक जोडेको छ । एक हार, एक जित र एक बराबरी गरेको पाँचथर युनाइटेडको ४ अंक छ । ५ खेल खेलेको सयपत्री क्लबले एक जित, ४ हार ब्यहोरेको छ । सयपत्रीले जारी लिगमा पाँच खेल खेल्दै ३ अंक जोड्दै लिगको यात्रा सकाएको छ ।
आजै भएको दोश्रोे खेलमा शिर्ष स्थानमा रहेको राइजिङ स्टार क्लब रबि ले न्यु पाथिभरा क्लब चोकमागु लाई ३-२ ले हरायो । राइजिङ स्टार क्लबले पाँचवटै खेल जित्दै १५ अंक जोडेको छ । राइजिङ स्टार जारी लिगमा सबै पाँचवटै खेल जित्ने क्लब हो ।
आजै भएको तेस्रो खेलमा टु स्टार क्लब इम्बुङले फिदिम स्पोर्टिङ क्लबलाई २-० ले हरायो । टुस्टारले जारी लिगमा ३ खेल खेल्दै ४ अंक जोडेको छ । एक जित, एक हार र एक बराबरी खेल्दै टु स्टारले ४ अंक जोडेको हो । फिदिम स्पोर्टिङक्बलले सानदार सुरुबात गरे पनि दोस्रो खेल चोलुङ क्लब संग बराबरी खेल्दै अंक बाडेको थियो । तेस्रो खेलमा टु स्टार संग खेल गुमाएको फिदिमले जारी लिगमा ३ अंक जोडेको छ ।
आजै भएको अन्तमि खेलमा पल्लोटार युवा क्लबले रानिटार युनाइटेट लाइ २-१ ले हरायो । पल्लोटारले २ खेलमा एक हार र एक जित सहित ३ अंक जोडेको छ । रानिटार युनाइटेडले ३ खेलमा एक बराबरी र दुई हार सहित १ अंक जोडेको छ ।जारी लिगमा राइजिङ स्टार र सयपत्रीले सबै खेल खेल सकेका छन् । चोलुङ क्लब , फिदिम स्र्पोटिङ र रानिटारको एउटा खेल र तिजोक,पाँचथर युनाइटेड, पाथिभरा, पल्लोटार र सुम्हात्लुङ क्लबले दुई वटा खेल खेल्न बाँकी छ ।
जिल्ला लिगमा ११ वटा ए डिभिजनका फुटबल क्लबहरुको सहभागिता रहेको छ । गत वर्ष कोभिडको कारण जिल्ला लिग हुन सकेको थिएन । जिल्ला लिग पुस २२ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ ।