पाँचथर । झापाको मेचीनगर नगरपालिका ६ मेची भन्सार कार्यालयको गेट अगाडिबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुम्बा डाँडाका २६ वर्षीय राकेश तामाङ रहेका छन्। शनिबार ३ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगर ५० ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।