दिपक बोहोरा ( पाँचथर) गणेश लावती नेपाली फुुटबलमा परिचित नाम हो । पुर्वि पहाडको पाँचथरमा जन्मीएका लावती सशस्त्र पहरीमा आबद्ध छन । सशस्त्र प्रहरीको टिमबाट फुटबल खेलेका लावती सशस्त्र प्रहरीका टिम क्यापटेनको भुमिका समेत निर्वाहा गर्ने अवसर प्राप्त गरेका थिए ।
पाँचथरको यासोकमा जन्मीएका लावती वि.स २०५२ बाट नै फुटबल खेल्न थालेका हुन । आफ्नो जिनमानै फुटबल रहेको बताउने लावती १४ वर्षको कलीलो उमेर बाटनै फुटबल खेल्न थालेका हुन । परिबारको एक्लो छोरो भएकाले पनि छोरा राम्रो पढोस भन्ने उनको परिबारको चाहाना रहेको थियो । तर उनको फुटबल प्रतिको मोह कहिले घटेन । ६,७ वर्षको उमेर देखिनै बल समाउन थालेका लावती फुटबलको माया कहिले घटेन । यासोकको लिम्बु समुदायमा जन्मेका लावली लाहुरे परिवारका छोरा उनका आफ्न्त पनि उनी लाहुरे भएको हेर्न चाहान्थे तर उनको फुटबल मोहले कहिले लाहुरे हुन मन लागेन ।
उनले २०५६/५७ तिर इलामको टिमबाट खुकुरी गोल्ड कप खेले पछि उनी फुटबलमा छिटफुरुपमा चिनिन थालेका हुन । उनी संगसंगै पाँचथरको फिदिम स्पोटिङ क्लबले आयोजना गर्ने युवा कप (आज भोली फाल्गुनन्द गोल्ड कप ) आयोजक फिदिम स्पोटिबाट पनि फुटबल खेले यसरीनै उनको फुटबल जीवनको सुरुवात भएको हो ।
उनि सशस्त्र प्रहरीबाट खेल्न अगाडी सागर थापाहरु संगै केहि समय फेन्डस क्लब काठमाण्डैबाट खेल अनि केहि समय जावलाखेल युथ क्लब बाट पनि फुटबल खेले । र मैसफलको कल्ब संगम क्लब पोखरा बाट पनि फुटबल खेले । २०५९मा सशस्त्र प्रहरीमा प्रवेश गरे संगै उनि निरन्तर सशस्त्र प्रहरीबाट फुटबल खेले अहिले फुटब मैदानबाट बाहरि छन् । सशस्त्र प्रहरीमा सबै भन्दा सर्वाधिक गोलकर्तामा उनको नाममा रहेको छ ।
राष्ट्रिय लिगमा ६५गोल ठोकेका लावती २०६०मा राष्ट्रिय टिममा भुटान बिरुद्धको मैत्रिपूणर् खेलमा डेब्यु गरेका हुन । तर उनि डेब्य खेल धेरै समय खेल्न पाएनन जम्मा २ मिनेटमात्र मौदानमा रहन पाए । जति खेर उनि फर्ममा रहेका थिए तेतिखेर उनलाइ अबसर दिइएन । अवसर पाएको भए केहि गर्थे जस्तो लाग्छ अहिले बिगतलाइ सम्झदै भन्छ । “जतिखेर म राष्ट्रलाइ केहि दिन सक्थे त्योबेला मलाइ अबसर कम दिइयो” बिगत सम्झदै लावती भन्छन । २०६० पछाडी उनि धेरै समय राष्ट्रिय टिममा अवसर पाएनन । २०६६ र६७ मा फेरी राष्ट्रिय टिममा परेका लावतीलको अन्तराष्ट्रिय गोल संख्या १ गोल रहेको छ । उनले प्यालेसटाइन बिरुद्ध गरेको गोल हो ।
यदि फुटबल खेलाडि नभएको भए गायक वा संगितकार हुन्थे होला । लावती भन्छन उनि एकदमै संगितप्रेमी लावती अहिले पनि गित संगितमा निकै रमाउने गर्छन ।अहिले पनि उनको कोठामा गिटार र हार्मोनियम छ फुर्सद भएमा उनि संगितमा रमाउने गरेका छन् ।
फुटबलको बिकासको लागी राष्ट्रले विषेश निति ल्याउनु पर्ने उनको बुझाइ छ । फुटबल बुझेको नेतृत्व आउनु पर्ने उनको बुझाइ छ । गाउँ गाउँका प्रतिभाहरु लाइ अवसर दिनु पर्ने उनको बुझाइ रहेको छ । उनि भन्छन फुटबल खेलेर बाच्नु सक्ने बनाउनु पर्छ । अझै थप्छन् फुटबललाई व्यबसायिक बनाउनु पर्छ फुटबल राजनीतीकबाट टाढा बनाउनु पर्छ उनी भन्छन । हाम्रो भन्दा पनि राम्रोलाई अबसर दिनु पर्ने उनको बुझाइ छ ।
अब आउने फुटबलका नयाँ पिढिले मेहनत र इच्छाशक्तिका साथ लागी परेमा अबश्य राम्रो खेलाडी बन्न सकिन्छ भन्ने लावतीको बुझाइ छ । अनुशासन खेलकुदको अपरिर्हाय कुरा हो । अनुशासनले नै खेललाइ मझबुद बनाउछ लावती बताउछन । बढदो उमेर र घटदो खेलका कारण अहिले सकृय खेलाडी जीवनबाट अलिक टाढा छन् । अब युवा भाइहरुलाइ अबसर दिनु पर्छ लावती भन्छन । अब फुटवलमा फरक भुमिकामा देखिन्छु होला लावतीले बताए । तर फुटबलबाट टाढा चाँही हुँदिन ।