रबि । बिहिबार बाट सुरू भएको पाँचथर “ए” डिभिजन लिग फुटबल प्रतियोगितामा आज ४ खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा रानिटार युनाइटेड र टु स्टार क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । रानिटारको यो दोश्रो खेल हो । रानिटार युनाइटेडल रानिटारले पहिलो खेलमा चोलुङ क्लब संग पराजित हुदै अंक गुमाएको थियो ।टु स्टार क्लब इम्बुङले आज लिगको पहिलो खेल खेल्दै एक अंक जोड्न सफल भएको हो ।
आजै भएको दाेश्राे खेलमा सयत्री युवा क्लब यासोक लाई ४ -२ ले हराउदै तिजोक क्लब नवमीडाँडाले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो । सयपत्रि युब क्लब ले दुई खेल गुमाउदा तिजोक ले एक हार र एक जित दर्ता गर्दै ३ अंक जोड्न सफल भयो । सयपत्री क्लबले जारी लिगमा लगातार अंक गुमाएको छ । पहिलो खेलमा राइजिङ स्टार संग अंक गुमाएको सयपत्रिले आज तिजोक संग अंक गुमाएको हो ।
तिजोक पहिलो खेलमा सुम्हात्लुङ क्लब संग पराजित भएको थियो ।
तेस्रो खेलमा सुम्हात्लुङ युथ क्लब फिदिम लाई १-० ले हराउदै राईजिङ स्टार क्लब रबिले महत्वपूर्ण तिन अंक जोड्न सफल भयो । जित संगै राइजिङ स्टार शिर्षस्थानमै कायम भएको छ । दुई खेलनै जितेको राइजिङ स्टार ६ अंकका साथ शिर्षस्थानमा रहेको छ । सुम्हात्लुङ युथले पहिलो खेलमा तिजोक युथ क्लबलाई हराएको थियो ।
आजको अन्तीम खेलमा पाँचथर युनाइटेड फिदिम र पाथिभरा क्लब चोकमागुले १—१ गोल को बराबरी खेल्दै अंक बाँडेका छन् । दुबै टिमले लिगको पहिलो खेल खेलका हुन् । लिगको दोश्रो दिन सम्म राइजिङ क्लबले दुबै खेल जित्दै ६ अंकका साथ शिर्षस्थानमा छ ।
जिल्ला लिगमा ११ वटा ए डिभिजनका फुटबल क्लबहरुको सहभागिता रहने छ । गत वर्ष कोभिडको कारण जिल्ला लिग हुन सकेको थिएन । जिल्ला लिग पुस २२ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ ।