इलाम । इलाम नगरपालिकाले विद्युत महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काटेको छ । महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले सदरमुकामस्थित व्यापारिक भवन सिटि मार्टको लाइन काटेको हो ।
हालसम्मको बक्यौता रहेको १ लाख ७२ हजार रुपैयाँ महसुल नगरपालिकाले नतिरेपछि लाइन काट्नुपरेको नेपाल विद्युत प्राधिरकणका प्रमुख देवराज पौडेलले जानकारी दिए ।
‘६० दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान छ । हामीले पटकपटक जानकारी गराएका थियौं’ प्रमुख पौडेलले नयाँ बुलन्द सँग भने, ‘उहाँहरुले अहिले महसुल बुझाए अहिले नै जोडिदिन्छौं ।’
इलाम नगरपालिकाले ४ महिनाको महसुल बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत महसुल नतिर्ने १ हजार २ सय ५० जना ग्राहकको विद्युत लाइन काटेको प्राधिकरणले जनाएको छ । यो समाचार तयार गर्दासम्म इलाम नगरपालिकाले सिटी मार्टको महसुल बुझाएको छैन ।