पाँचथर । पाँचथर जिल्ला समन्वय समितिको पाचौं जिल्ला सभा उद्घाटन भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख तथा सदस्यहरू ,फिदिम नगरपालिकाका प्रमुख तथा उपप्रमुख र सात गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहभागी रहने उत्त सभाको पुर्व मन्त्री तथा सांसद बसन्त कुमार नेम्वाङले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नेम्वाङले अब आर्थिक कान्तिको बेला आएको बताएका छन् । उनले भने “यो सभा पाचौ सभा मात्र होइन स्थानिय सरकारको समिक्षाको समय पनि हो । जनताले सरकार संग गरेको गुनासो नभएर जनताको आकाक्षा भएको र त्यही आकाक्षा पूरा गर्न हामि लागिपरेको बताएका छन् ।
सभामुखले गरेको गल्ती नसच्याएसम्म संसद अबरोध जारी रहने बताए” ।कार्यक्रममा राजनैतिक दल, कार्यलय प्रमुख, संघ संस्थाका प्रतिनिथिले शुभकामना मन्तव्य राखेका थिए। उद्घाटन समारोहमा बोल्दै फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले सिमित स्रोत साधनका बिचमा पनि स्थानिय सरकारले जनताको सेवा गरिरहेको बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेकपा एमालेका जिल्ला सचिब धन कुमार फियाक, नेपालि काङ्रेसका सभापति रुपनारायण जबेगु, जनता समाजबादी पार्टिका जिल्ला सचिब कमलराज नेम्वाङ, राष्ट्रिय लोकतान्त्रिक मन्चका जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे,उद्योग बाणिज्य संघ अध्यक्ष दिपक नेपाल, जिल्ला सहकारी संघका अध्यक्ष रेणु ओझा,नेपाल पत्रकार महासंघका अध्यक्ष गिरिराज बाँस्कोटाले शुभकामना मन्तव्य राखेका थिए ।
बन्दसत्रमा जिल्ला समन्वय समितिले गरेका गतिबिधी तथा आगामी नीति कार्यक्रमका बारे छलफल गरिने जिल्ला समन्वय समिती पाँचथरका प्रमुख बिमल सापकोटाले बताए । कार्यक्रममा जिसस सदस्य कुशल राइले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख डिल्लिराम दुलालले स्वागत गरेका थिए ।