पाँचथर । नेपाली कांग्रेस निकट कर्मचारीहरुको संस्था नेपाल निजामति कर्मचारी युनियन पाँचथरको आठौं जिल्ला अधिबेशनबाट अध्यक्षमा कणर्हाङ नेम्बाङ चयन भएका छन् । नेम्बाङको अध्यक्षतामा १५ सदस्यि कार्य समित गठन भएको छ । फिदिममा भएको अधिबेशनबाट नेम्बाङ अध्यक्ष बनेका हुन् ।
उपाध्यक्षमा लक्ष्मी प्रसाद बाँस्कोटा, कुमारी तामाङ र राजेस कुमार मिश्र चयन भएका छन् । सचिबमा सुजन बाँस्कोटा, रमेश चन्द्र दहाल लाई चयन गरिएको छ । त्यस्तै कोषध्यक्षमा गोबिन्द सुवेदी चयन भएका छन् । सदस्यहरुमा सुवास दहाल,शान्तीराम तिम्सीना, उमेश शाहा, हरी प्रसाद बाँस्कोटा,बासुदेव घिमिरे,मुना राना र सुबिता थाम्सुहाङ लाई सर्वसहमतिले चयन गरिएको छ । राजेश मिश्र, लीलाबहादुर बिष्ट र सुजेनहाङ नेम्बाङ लाइ महाधिबेशन प्रतिनिधिमा चुनिएको छ ।
निजामति कर्मचारी युनियन पाँचथरको आठौं जिल्ला अधिबेशनको उद्घाटन नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरका सभापती रुपनारायण जबेगुले गरेका थिए ।