पाँचथर । आदिवासि जनजाति पत्रकारहरुकाे छाता संंस्था आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको चौँथो अधिबेशनबाट अध्यक्षमा रामचन्द्र तामाङ निर्वाचित भएका छन् । बिहिबार भएकाे फोनिज पाँचथरको चौँथो अधिबेशनबाट अध्यक्षका अर्का प्रत्यासि गणेश साम्पाङलाई सात मतले हराएर तामाङ निर्वाचित भएका हुन् ।
जम्मा खसेको ५३ मतमा तामाङले ३० मत पाए भने निकटतम प्रतिद्वन्दि साम्पाङले २३ मत प्राप्त गरेका थिए । समितिको अन्य पदमा भने सहमतिको भएको थियो । समितिको उपाध्यक्षमा सहरसिंह तामाङ, सचिवमा उपेन्द्र एत्तेन, सह सचिवमा चित्रकला हाङसरुम्बा र कोषाध्यक्षमा इवारा जवेगु सहित १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।
अधिबेशबाट केन्द्रिय प्रतिनिधिमा नारायण तुम्बापो, घनेन्द्र केरुङ, निशा लोवा, जंग तामाङ, भकेन्द्र लावती, देविमाया योङहाङ र लितबिक्रम नेम्बाङ चयन भएको छन् । प्रदेश प्रतिनिधिमा नुनाम सुवास केरुङ, प्रिय योङ्हाङ, सम्झना योङहाङ, दिलकुमारी तामाङ, सेसेहाङ लावती, बिशाल राई, टारर्जन राई, लक्षिमा तामाङ र लालबहादुर लावती चयन भएका
फोनिज पाँचथरको चौँथो अधिबेशनकाे उद्घाटन भने मंसिर २९ गते नै भएकाे थियाे । नेतत्वमा दुई जनाले दाबि नछाडेपछि सहमतिको लागि निर्वाचत समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको थियो ।तर दुई हप्ताभन्दा बढी समयमा पनि सहमति जुट्न नसकेपछि बिहीबार निर्वाचन गराइएको हो ।