रानिटार । रानिटारमा जारि प्रथम तमुल्होसार एक नम्बर प्रदेश स्तरिय महिला गोल्डकपको उपाधि झापाको बिर्तामोड फुटबल क्लबले जितेकाे छ ।
बुधबार बराजु रङशालामा भएकाे फाईनल खेलमा धनकुटाको द सेभेन युथ क्लब लाई १-० गाेलले हराउदै झापाले उपाधि जितेकाे । झापाकाे जितमा कुसुम खतिवडाले गाेल गरिन । खेलकाे ३६ अाैं मिनेटमा फ्रिकिकबाट अाएकाे बललाई वान टच प्रहारबाट कुसुमले गाेल गरेकि हुन् ।
अन्डर १९ महिला राष्ट्रिय खेलाडीहरु साथ पाएको बिर्तामोड फुटबल क्लबले छ खेल सुरू भए देखिनै दवाब दिएकाे थियाे ।प्रतियोगिताका विजेताले ५० हजार र उपबिजेताले ३० हजार प्राप्त गरेका छन् ।