रानिटार । रानिटारमा जारि प्रथम तमुल्होसार एक नम्बर प्रदेश स्तरिय महिला गोल्डकपको उपाधिको लागी झापाको बिर्तामोड फुटबल क्लब र धनकुटाको द सेभेन युथ क्लब उपाधिका लागि आज दिउँसो भिड्दैछन् ।
आज बिहान भएको सेमिफाइनल खेलमा अन्डर १९ महिला राष्ट्रिय खेलाडीहरु साथ पाएको बिर्तामोड फुटबल क्लबले झापाकै कनकाइ नगरपालिकालाइ ट्राइबेकरमा हराउदै धनकुटा संगको भेट पक्का गरेको हो । बिर्तामोडबाट अन्डर १९ महिला राष्ट्रिय खेलाडीहरु कुसुम खतिवडा,सुनकला राई र सुजता घलान र खुमा राई खेलेका थिए ।
बराजु रङशालामा भएको खेलमा निर्धारीत समयमा दुबै टिमबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा बिर्तामोडले ४-१ गोलले कनकाइलाई हरायो । बिर्तामोडका लागीे खुमा राई, कुसुम खतिवडा, सुजता घलान,अनु राईले गोल गरेका थिए । कनकाइको जसवन लावतीको प्रहार मात्र गोल भएको थियो । छत्रिका चौधरी र सञ्जु राईको प्रहार गोल हुन सकेन ।
धनकुटाको सेभेन युथ क्लब यस अघिनै आयोजक रानिटार युनाइटेड लाई हराउदै फाइनल प्रबेश गरेको थियो ।
प्रतियोगिताका विजेताले ५० हजार र उपबिजेताले ३० हजार प्राप्त गर्ने छन् ।