पाँचथर । बिर्तामोडमा जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागी आज पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब ले सुनसरीको धरान महिला फुटबल क्लब संग प्रतिस्पधा गर्दै छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज फाइनल खेल हुदैँ छ ।
पाँचथरको टिमले सेमिफाइनल खेलमा मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २-० को गोल अन्तरले पराजित गर्दै फाइनल सम्मको यात्रा तग गरेको हो । धरानको टिमले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो ।
। दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेल आज दिउसो २ बजे हुनेछ ।