रानिटार । रानिटारमा जारि एक नम्बर प्रदेश स्तरिय महिला गोल्डकपमा आयोजक रानिटार युनाइटेड क्लब पाँचथर लाई हराउदै धनकुटाको द सेभेन युथ क्लब फाइनल प्रबेश गरेको छ । बुधबार बराजु रङशाला भएको पहिलो सेमिफनइनल खेलमा धनकुटाले पाँचथरलाई ३-१ गोल हरायो । वर्षाले प्रभावित बनाएको खेलमा धनकुटाले बाजी मारेको हो । बिहानै देखिनै मौषममा खराबि आए पछि खेल ढिला सुरु भएको थियो । चिसोको कारण खेलाडीहरु खुलेर खेल्न सकिरहेका थिएन्न ।
बुधबार भएको खेलमा, खेल सुरु भएको ३ मिनेटमै धनकुटा कि सबिना तामाङ गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाई । धनकुटाको अग्रता लामो समय टिक्न सकेन रानिटार युनाइटेड कि सामना राईले ८ औं मिनेट बराबरी गोल गर्दै रानिटार लाई खेलमा फर्काउने प्रयास गरिन । तर, दोश्रो हाफमा निकै आक्रमक फुटबल खेलेको धनकुटाले लगातार दुई गोल गर्दै फाइनल प्रबेश गरेको हो । दोश्रो हाफमा धनकुटाको लागी बिपना राई र सुनिता तामाङले गोल गरे । दोश्रो हाफमा पाएको केहि अबसर गुमाउँदा आयोजक सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।
उपाधिको लागी धनकुटाले भोली बिहान हुने बिर्तामोड फुटबल क्लब र कनकाई नगरपालिकाको बिजेता संग भोली दिउसो प्रतिस्पर्धा गर्ने छ ।आजै हुने भनिएको बिर्तामोड फुटबल क्लब र कनकाई नगरपालिका बिचको खेल वर्षाको कारण भोली खेलाइने आयोजकले जानकारी दिए ।
प्रतियोगिताका विजेताले ५० हजार र उपबिजेताले ३० हजार प्राप्त गर्ने छन् ।