फिदिम। मंगलवार जिल्ला प्रशासन कार्यालय पाँचथरबाट १०१ वटा नागरिकता वितरण भएकाे जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएकाे छ ।
नागरिकता लिने र प्रतिलिपि बनाउने सेवाग्राहिको चाप बढे पछि मंलवारवाट जिल्ला प्रसाशन कार्यालय पाँचथरले सेवाग्राहीहरुलाई सहज र द्रुत सेवा दिन मंगलवार बिहान ७ बजेबाट देखि सेवा दिन थाले पछि यतिकाे नागरिकता बितरण भएकाे हाे ।
पछिल्ला दिनमा नागरिता प्राप्त गर्नका लागि नागरिकले समस्या ब्यहोरदै आएका थिए । बैशाखमा स्थानीय तहको निर्वाचन हुनेहल्लासँगै नागरिकता बनाउन आउनेको संख्यामा ह्वातै वृद्धि भए पछि नागरिकता बनाउने, मतदाता नामावली दर्ता गर्ने तथा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहि बढे पछि जिल्ला प्रशासन कार्यालय पाँचथर चाप बढेको थियो ।