रानिटार । रानिटारमा जारि प्रथम तमुल्होसार एक नम्बर प्रदेश स्तरिय महिला गोल्डकपमा आज मंगलबार दुई खेल सम्पन्न भएको छ । यो संगै प्रथम तमुल्होसार महिला गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलको खेलहरु बुधबारबाट हुने छन् ।
आज भएको पहिलो खेलमा जनता सेभेल फुटबल क्लब ताप्लेजुङलाई ३-० गोलले हराउदै झापाको कनकाई नगरपालिका सेमिफाइनल प्रबेश गरेको छ । झापाको जितमा लक्ष्मी श्रेष्ठ,सञ्जु राई र ममता राउतले गोल गरे । एकतर्फि रहेको खेलमा झापाले ताप्लेजुङलाई सुरु देखिनै दबाबमा राखेको थियो । खेलको ३४ औं मिनेटमा झापा कि लक्ष्मी श्रेष्ठले गोल गर्दै कनकाई लाई अग्रता दिलाइन् ।
लगतै ३८ औं मिनेटमा,सञ्जु राईले गोल गर्दै अग्रता दोब्बर पारिन । दोश्रो हाफको इन्जुरी समयमा कनकाईकी ममता राउतल गोल गर्दै कनकाई लाई सेमिफाइनलको यात्रा गराईन । पहिलो हाफमा केहि अवसर पाएका सदुपयोग गर्न नसक्दा ताप्लेजुङ प्रतियोगिताबाट बाहिरियो ।
आजको जितै सगै कनकाइले झापाको बिर्तामोड फुटबल क्लब संग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।आजै भएको दोस्रो खेलमा कर्ण सिं सोनाम स्मृति कल्ब ताप्लेजुङलाई हराउदै बिर्तामोड फुटबल क्लबले सेमिफाइमा कनकाई नगरपालिका झापा संगको भेट पक्का गरेको छ । कनकाई र बिर्तामोडले फाइनल प्रबेशको लागी भोली (बुधबार) दिउसो २ :३० बजे प्रतिस्पर्धा गर्ने छन् । बिर्तामोडको जितमा सुजता घलान र कुसुम खतिवडा ले गोल गरे । खेलको १६ ओं मिनेटमा गोल कुसुमले बिर्तामोडलाई अग्रता दिलाएकि थिइन । खेलको ४२ औं मिनेटमा कुुुसुमले बिर्तामोडको लागी बिजयी गोल गरीन ।
बुधबार पहिलो सेमिफाइनल खेल आयोजक रानिटार युनाइटेड र धनकुटाको द सेभेन युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् । आयोजक र द सेभेन युथ क्लब धनकुटा आफ्नो पहिलो खेल जित्दै सेमिफाइनल प्रबेश गरेका थिए । आयोजक रानिटार युनाइटेडले आफ्नो पहिलो खेलमा तेह्रथुमको आठराईगाउँपालिका लाई ४-० ले हराउदै सेमिफाइनल प्रबेश गरेको थियो । यता पथरि शनिश्चरे हुमेन्स फुटबल क्लब मोरङ लाई ट्राईबेकरमा ४-३ हराउदै द सेभेन युथ क्लब धनकुटा पनि सेमिफाईनल प्रबेश गरेको हो ।
बराजु रङशाला रानिटारमा सञ्चालन हुने प्रतियोगिताका विजेताले ५० हजार र उपबिजेताले ३० हजार प्राप्त गर्ने आयोजकले जानकारि दिए ।
भोलि हुने खेल
रानिटार युनाइटेड क्लब पाँचथर र द सेभेन युथ क्लब धनकुटा
दिउसो १२ः३० बजे
कनकाई नगरपालिका झापा र बिर्तामोड फुटबल क्लब झापा
दिउसो २ः३० बजे