पाँचथर । नागरिकता लिने र प्रतिलिपि बनाउने सेवाग्राहिको चाप बढे पछि जिल्ला प्रसाशन कार्यालय पाँचथरले सेवाग्राहीहरुलाई सहज र द्रुत सेवा दिन मंगलवार देखि १५ गते विहिवारसम्म बिहान ७ देखि सेवा दिने जिल्ला प्रसाशन कार्यालय पाँचथरले जनाएकाे छ ।
पछिल्ला दिनमा नागरिता प्राप्त गर्नका लागि नागरिकले समस्या ब्यहोरदै आएका थिए । बैशाखमा स्थानीय तहको निर्वाचन हुनेहल्लासँगै नागरिकता बनाउन आउनेको संख्यामा ह्वातै वृद्धि भए पछि नागरिकता बनाउने, मतदाता नामावली दर्ता गर्ने तथा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहि बढे पछि जिल्ला प्रसाशन कार्यालय पाँचथर चाप बढेको थियो ।
याे पनि पढ्नु हाेस
नागरिकता वितरणमा समस्या देखिएको भन्दै नेपाली काग्रेस पाँचथरले समेत सहज बनाउन आग्रह गरेकोको थियो । सोमबार नेपाली कांग्रेसका जिल्ला सभापति रुपनारायण जवेगुको नेतृत्वमा गएको पदाधिकारी तथा सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर यस्तो आग्रह गरेका थिए ।
याे पनि पढ्नु हाेस
प्रमुख जिल्ला अधिकारी न्यौपानेले पछिल्लो दिनमा नागरिकता बनाउन आउने संख्या धेरै भएको तथा जनशक्तिको अभावमा केहि समस्या भएको बताउँदा यसलाई समाधान गर्ने प्रयास भइरहेको बताउदै आएका छन् ।