पाँचथर ।पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । उच्च पहाडी क्षेत्रमा शनिबार हिमपात भएको छ । शनिबार दिउँसो वर्षात् सहित हिमपात सुरु भएको हो । जिल्लाका फालोट, चारराते, चिवाभञ्याङ लगायतका क्षेत्रमा हिउँ परेका बताइएको छ ।
हिमपातका पाँचथरका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । हिमपात भएको कारण चिवा भञ्जाङ,चारराते, याङवरकाे लामपाेखरी क्षेत्रमा रहेका सिमा सुरक्षाको लागी बसेको शसस्त्र प्रहरीहरुलाई समेत सिमा सुरक्षामा कष्टकर भएको छ । उच्च पहाडी क्षेत्रमा पशुपालन गर्ने पशुपालकहरुकाे जनजीवन समेत प्रभावित भएकाे छ ।
उच्च पहाडी क्षेत्रमा हिमपात भए संगै सदरमुकाम फिदि सहित जिल्लाका अधिकांश क्षेत्रमा चिसो बढेको छ ।