पाँचथर । नेपाल रेडक्रस सोसाईटी पाँचथरको १३ र्औ जिल्ला अधिबेशन बुधबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी पाँचथर शाखामा २७ सय ६५ जना साधारण सदस्य रहेका छन् । पाँचथर शाखाको १३ वटा उपशाखाहरु समेत रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको सभापतिमा पुनः कृष्ण बाँस्कोटा रहने गरी नयाँ नेतृत्व चयन गरिएको छ । महिला उपसभापति लुना सुबेदी , अर्का उपसभापति छेदीलाल ठाकुर रहने गरी १७ सदस्यीय समिति चयन गरिएको छ । यस्तै मन्त्रीमा आनन्द प्रसाद बाँस्कोटा चयन गरिएको छ भने कोषाध्यक्षमा कृष्णमाया बुढाथोकी चयन गरिएको छ ।
उपमन्त्रीमा भक्तबहादुर थापा, उप कोषाध्यक्ष हरिकेशर न्यौपाने चयन गरिएको नेपाल रेडक्रस सोसाइटी पाँचथरका अधिकृत गुरुराज तिम्सिना बताए । यस्तै तीन जना महिला सदस्य सहित ८ सदस्यहरु पनि चयन गरिएको छ ।