पाँचथर । धनकुटामा भएको एक नम्बर प्रदेस स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पाँचथरका खेलाडीहरुले ३ बिधामा उपाधि जितेका छन् । उपाधि जित्ने क्रममा पाँचथरले पुरुष खुल्लामा डवल्समा एसिया जवेगु र दिवश शंकरको जोडीले प्रथम एथान हासिल गरे । भेट्रान ४५+ मा अनिल लिम्बू र दिपक आङदेम्बेको जोडीले प्रथम स्थान हासिल गर्दा मिक्स डबल्समा दिवश शंकर रोशनी राईको जोडी तृतीय भएका छन् । यो प्रतियोगिता धनकुटामा पौष ३ गते देखि ५ गते सम्म सञ्चालन भएको थियो ।
डवल्स पुरुष तर्फको उपाधी पाँचथरका एशिया जवेगु र दिवसको शंकरजोडीले जितेका छन् । जवेगु र शंकरको जोडीले झापाको प्रदिशसिहं ठकुरी र प्रविण वस्नेतको जोडीलाई हराउदै उपाधी जितेका छन् । उक्त विधामा तेश्रो स्थानमा भोजपुरका विशाल तामाङ र प्रविण वस्नेत तथा सुनसरीका प्रकाश लिम्बु र सत्यम सुब्बा भएका थिए ।
उपाधीसँगै विजेता उपविजेता र तृतीय स्थान हासिल गर्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । यसैगरी पुरुष ४५ वर्ष माथिका भेट्रानमा पाँचथरकै दीपक आङदेम्वे र अनिल थाम्सुहाङको जोडी प्रथम, धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठ द्धितिय र तृतियमा संखुवासभाका अम्वर विष्ट र मोहन कटुवाल र सुनसरीका उत्तम सिम्खडा र सुरेश कार्की भएका छन् ।
उनीहरुले क्रमश ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यता प्रदेशस्तरीय मिक्स डवलतर्फ भोजपुरका विशाल तामाङ र नङसला तामाङ प्रथम, द्धितिय झापाका प्रनिश सिह ठकुरी र अञ्जना थापा भए । यसैगरि उक्त विधामा तृतिय स्थानमा पाँचथरका दिवस शंकर र रजनी राई र उदयपुरका सरोज खवास र रोजी राई भए ।
उनीहरुले क्रमशः नगद पुरस्कार ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी अण्डर १७ महिला तर्फ उदयपुरका रोजी राई प्रथम, दोश्रो ताप्लेजुङका नुमा लिम्वु र तृतिय स्थानमा उदयपुरका विकिता आचार्य र ताप्लेजुङका सुमना गुरुङ भए । उनीहरुले नगर पुरस्कार क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी अण्डर १७ पुरुषतर्फ संखुवासभाका निशान कटुवाल प्रथम, खोटाङका सविन श्रेष्ठ द्धितिय र तेश्रो स्थानमा खोटाङकै योदेश राई उदयपुरका विनय चौधरी भए । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैया प्राप्त गरे ।