फिदिम । फाक्तेप युथ क्लब फाल्गुनन्द र किरात युथ क्लब मिक्लाजुङ समन्वयमा एक महिने निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु भएको छ । फाल्गुनन्द ५ र मिक्लाजुङ १ को संगमस्थलमा रहेको हाङगुरे मैदानमा फुटबल प्रशिक्षण सुरु भएको हो ।
बिभन्न उमेर समूहका ७० जना खेलाडीलाई क्लबले सोमबारबाट नियमित प्रशिक्षण सुरु गरेकाे फाक्तेप युथ क्लबका पञ्च चेम्जोङले जानकारी दिए । चेम्जोङ अनुसार पाँचथरमा फुटबल खेलको विकास, प्रर्वद्धन र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण दिन शुरु गरिएको उनले बताए । “क्लबले पहिलोपटक गाउँमा निःशुल्क जुनियर फुटबल प्रशिक्षणको शुरुवात गरेका छौ, स्तरीय प्रतियोगिता खेल्दै राष्ट्रियस्तरको खेल खेल्ने लक्ष्यसाथ जुनियर उमेरका समूहलाई प्रशिक्षण दिइरहेको हौ ।”
बिभन्न उमेर समूहका ७० खेलाडीलाई ३ समुहमा बिभाजन गरी ३ समय बिहान,दिउसो र बेलुका प्रशिक्षण दिदै गरेको क्लबले जानकारी दिएको छ । निःशुल्क जुनियर फुटबल प्रशिक्षणको लागी झापाबाट फुटबल प्रशिक्षक ल्याइएको क्लबले बताएको छ । फुटबल प्रशिक्षकलाई एक महिना प्रशिक्षण गराए बापत ३५ हजार दिने संम्झौता भएको क्लबले जानकारी दिएको छ ।
निःशुल्क जुनियर फुटबल प्रशिक्षणको आर्थिक सहयोग भने मिक्लाजुङ १ का युवा हाल काठमाण्डौंमा बसोबास गर्दै आएका कैलाश शेर्माले गरेका हुन्ु । शेर्माले प्रशिक्षणको लागी ५० हजार उपल्बध गराएका छन् । गाउँघरमा फुटबल खेल्न प्रयास गर्ने नानीहरुको लागी फुटबल सम्बन्धी आधारभुत ज्ञान सिप सिकाउनको लागी यो प्रशिक्षण गर्न लागीएको शेर्माले जानकारी दिए । “पाँचथरको तल्लो क्षेत्रमा फुटबल संघ र राज्यले फुटबल क्षेत्रको बिकासको लागी खासै रुचि देखिएन त्यहि भएर आफै अग्रस भएको हो ।” शेर्माले भने ।