काठमाण्डाैं । शिक्षक सेवा आयोगले झन्डै २६ सय शिक्षक भर्ना गर्न आवेदन आह्वान गरेको छ।आज (बुधबार) बिहान आयोगले वेबसाइटमार्फत २ हजार ५ सय ९८ जना निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त मागेको हो। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गरिने आयोगले जनाएको छ। विज्ञापनअनुसार अंग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, विज्ञानमा ४४०, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३ जना शिक्षक माग गरिएको छ।
यस्तै शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरिएको छ।
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक योग्य नागरिकले माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। फाराम भर्ने शुल्क ७ सय रुपैयाँ तोकिएको छ। आयोगको वेबसाइटमा गएर अनलाइन फारम भर्न सकिनेछ।
परीक्षा लिखित र मौखिक हुनेछन्।
आगामी चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुनेछ। यसका लागि सातै प्रदेशमा परीक्षा केन्द्र तोकिएका छन्।
हेर्नुहाेस् विज्ञापन