रानिटार ।स्वतन्त्र क्लब रानिटार द्धारा अायाेजित तेस्राे संस्करणकाे फिदिम नगर कप फुटवल प्रतियाेगिताकाे उपाधि रेडस्टार झापाले जितेकाे छ ।
शनिबार बराजु रङशालामा भएकाे फाईनल खेलमा कर्णसिं साेनाम स्मृति क्लब ताप्लेजुङलाई ३-०ले हराउदै झापाले उपाधि जितेकाे । रेड स्टारले उपाधि जितै संगै फिदिम नगर कपकाे तिनै संस्करणकाे उपाधि रेडस्टारले जितेकाे छ । रेडस्टारकाे जितमा मिलन राई,राेहण कार्कि र सराेज कार्किले गाेल गरे । सबै गाेल पहिलाे हाफमा सम्भव भएकाे थियाे ।
पहिलाे हाफमा ताप्लेजुङले केहि मुभ बनाए पनि गाेल गर्न सकेन । फाइनल खेलकाे म्यान अफ दि म्याचकाे पुरस्कार झापाका मिलन राइले जिते ।
उपाधि जिते संगै झापाले १ लाख ५० हजार जितेकाे छ । उपबिजेता बनेकाे कर्ण सिं साेनाम स्मृति क्लब ताप्लेजुङले ८० हजार प्राप्त गरेकाे छ ।