रानीटार । रानिटारमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको उपाधिको छिनोफानो आज हुने भएको छ । बराजु रङशालामा उपाधिको लागी झापाको रेड स्टार एफसी र ताप्लेजुङको कणर्सिं सोनाम मेमोरियल एफसी प्रतिस्पर्धा गर्ने छन् ।
सेमिफाइनल खेलमा झापाको अल इन वान क्लब सैनिकलाई रोक्दै ताप्लेजुङको कणर्सिं सोनाम मेमोरियल एफसी तेस्रो फिदिम नगर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा काठमाडौँको चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलअन्तरले हराउँदै रेड स्टार झापा फाइनलमा प्रवेश गरेको हो ।
रेड स्टार झापा यो प्रतियोगितामा तेस्रो पटक फाइनल यात्रा गरेको हो । यता ताप्लेजुङ पहिलो पटक फाइनल प्रबेश गरेको हो । दुबै टोली इतिहास बनाउन लालयीत छन् । रेड स्टार झापा तेस्रो पटक पनि उपाधि जित्न चाहान्छ । यता ताप्लेजुङ पनि पहिलो पटकनै उपाधि जितेर इतिहास रच्न चाहान्छ ।
दुबै टोली उपाधिको लागी खेल्ने बताएका छन् । दुबै टोलीमा खेलमैदान बुझेका खेलाडी भएकाले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । फाइनल खेल आज दिउसो २ बजे रानिटार स्थित बराजु रङशालामा हुनेछ ,।
फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र ट्रफी पाउनेछ ।