रानीटार । रानिटारमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आज सम्पन्न भएको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको अल इन वान क्लब सैनिकलाई रोक्दै ताप्लेजुङको कणर्सिं सोनाम मेमोरियल एफसी तेस्रो फिदिम नगर कपको फाइनलमा प्रवेश गरेको छ ।
उपाधिको दाबेदार झापालाई झिनो गोलअन्तरले पाखा लगाउँदै ताप्लेजुङ फाइनल प्रवेश गरेको हो । झापालाई १-० गोलको कठिन जितबाट ताप्लेजुङले फाइनल यात्रा तय गरेको हो । दुुवै टोलीको प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङले दोस्रो हाफमा बाजी मारेको हो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
ताप्लेजुङको जितमा मनिराज लिम्बू भाग्यमानी सावित भए । म्यान अफ दी म्याच घोषित मनिराजले टिमका लागि दोस्रो हाफको २२औँ मिनेटमा गोल नै निणर्ायक बनेको थियो । अन्तिम क्षणसम्म दुवै टोलीले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् ।
खेलको अन्तिम समयतिर ताप्लेजुङका युवराज लिम्बू रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । उनले झापाली खेलाडी आशिष गुरुङमाथि फाउल गरेपछि मुख्य रेफ्री गम्भीरहाङ नेम्बाङ रातो कार्ड देखाएका थिए ।
दुवै टोलीले पाएको थुप्रै अवसर गोलमा परिणत नहुँदा खेलको ५७औँ मिनेटसम्म गोलको खडेरी नै रहेको थियो । फाइनल प्रवेशका लागि भएको खेल सम्झनलायक नरहे पनि रोमाञ्चक बनेको थियो ।आजै भएको दोश्रो सेमिफाइनल खेलमा झापा बिर्तामोडको रेड स्टार एफसी फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा काठमाडौँको चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलअन्तरले हराउँदै रेड स्टार झापा फाइनलमा प्रवेश गरेको हो ।
तेस्रो पटक फाइनल यात्रा गरेको झापाका लागि सानुका लिम्बू र सरोज कार्कीले गोल गरेका थिए भने काठमाडौँका लागि एकमात्र सान्त्वना गोल कप्तान सोम थापाले गरेका हुन् । स्मरणीय छ, यसअघि दुई संस्करणको साविक विजेता रेड स्टार एफसी झापा हो ।
कडा प्रतिस्पर्धा भएको खेलमा दुवै टोलीले पहिलो हाफ १-१ गोलको बराबरी खेलेका थिए । झापाका लागि फाइनल यात्रा तय गर्न उपकप्तान सरोज कार्की भाग्यमानी सावित भएका थिए । पहिलो हाफको २४औँ मिनेटमा सानुका लिम्बूले गोल गर्दै रेड स्टारलाई अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफकै अन्तिम समयमा चर्च ब्वाइजका कप्तान सोम थापाले गोल गर्दै खेलमा फर्किएको थियो । दोस्रो हाफमा लय समाएको चर्च ब्वाइजले थुप्रै अवसर खेर फालेको थियो । फाइनल यात्रा तय गर्नका लागि कडा प्रतिप्रस्धा गरेका दुवै टोलीले अन्तिम समयसम्म आक्रामक खेल प्रस्तुत गरेका थिए ।
म्यान अफ दी म्याच घोषित झापाका सरोज कार्कीले खेल सकिन ३ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल सम्झनलायक बन्यो । करिब ३० यार्डको दूरीबाट गरेको प्रहारले पहिलो बार च्याप्दै जाली चुमेपछि झापा तेस्रो पटक फाइनल यात्रामा पुगेको हो ।
झापाको फाइनल यात्रासँगै भोलि हुने महाभिडन्तमा ताप्लेजुङको कणर्सिं सोनाम मेमोरियल एफसीसँग उपाधिका लागि भेट पक्का पनि गरेको छ । यी दुवै टोलीले कम्तिमा ८० हजार सुरक्षित गरे । स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल भोलि पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र ट्रफी पाउनेछ ।