पाँचथरको फाल्गुनन्द गाँउपालीका– १ नवमिडाँडामा जन्मिएका भिष्मराज आङदेम्बे नेपाली कांग्रेसको सह–महामन्त्रीमा निर्वाचित भएका छन् । आदिवासि जनजाती तर्फबाट फराकिलो मतले निर्वाचित भएका आङदेम्बे यस अघि केन्द्रीय सदस्यको भुमिकामा थिए भने उनी संविधान सभा सदस्य हुन् । नेपाली कांग्रेसका सहमहामन्त्रि भिष्मराज आङदेम्बेसँग केन्जोखवरका लागि गिरिराज बाँस्कोटाले गरेको कुराकानी :
नेपाली कांग्रेसको सह–महामन्त्री निर्वाचित हुनु भएको छ । निर्वाचित भएसँगै तपाई भावि योजना कस्ता छन् ?
सर्वप्रथम तपाईको सञ्चार माध्यमबाट सबै मतदाता, महाधिवशेन प्रतिनिधिहरुलाई धन्यवाद दिन चाहान्छु । साथिहरुले जुन विश्वास र भसोसा गर्नु भएको छ, यसले हामीलाई ठुलो जिम्मेवारी दिएको छ । यो अवसर र चुनौती पनि हो । श्रद्धेय सभापतिको ६० बर्ष लामो राजनीतिक अनुभव, युवाहरुको जोश, उमङ्ग र उत्साह छ । त्यसमाथि निष्ठाको राजनीति गरेर आएका छौँ । पार्टीर्ला समृद्धि तर्फ लैजाने, युवाहरुको आर्कषणको पार्टी बनाउनु छ । यो भन्दा अगाडी जसरी व्याक्ति–व्याक्तिमा, गुट उपगुटमा जसरी कांग्रेस खोजीन्थ्यो, अब समग्रमा कांग्रेस खोज्नका निम्ती काम गर्नु छ । बैचारीक रुपमा पार्टीलाई सवल बनाएर सैद्धान्तिक, बैचारीक स्पष्टता बोकेर एकाईसौँ सताब्दी सुहाउदो युवा उमेरलाई आर्कर्षित गर्ने पार्टी बनाउनु छ । नेपाली कांग्रेसलाई सबैको पार्टी र भरपर्दाे पार्टी बनाउनु छ, हामी यसैमा लाग्छौँ ।
पार्टी रुपान्तरको नारा निक्कै लागेको छ । यो कसरी सम्भव छ ?
पार्टीमा जुन उमेरहरुको उपस्थीति भयो, यो मैले धेरै अघिदेखि भन्दै आएको हो । मैले नयाँ र पुरानो पुस्ताको भरोसामा सम्पन्न हुने १४ औँ महाधिवशेन भनेको थिए । पुरानो पुस्ताले नेतृत्व गरेको र नयाँ पुस्ताको विश्वासमा अधिवेशन सम्पन्न भएको छ । यो पुस्तान्तरण हो । जसरी पदाधिकारीमा युवा उमेरहरुको बर्चस्व देखिएको छ, यसलाई हस्तान्तरण तर्फ उन्मुख तथा पुस्तान्तरण भएको बुझ्नु पर्छ । हाम्रो टाउकोमा ६० बर्ष लामो राजनीतिक अनुभव भएको पार्टी सभापति हुनुहुन्छ भने पदाधिकारीमा नयाँ उत्साह र उमङ्ग उमेर आएको छ । निश्चित रुपमा पार्टीका लागि हामीले काम गर्नु पर्छ, हामी गर्छौ ।
तीनै तहको निर्वाचन नजिकिदै छ । अब कांग्रेसको योजना कस्तो हुन्छ ?
अब हामीले पार्टीको आन्तरीक व्यवस्थानका लागि अधिवेशन थियो यो । यो बिचमा देखापरेको महामारी, प्राकृतिक विपत्ति लगायतले ढिलो हुँदै गयो । पार्टीलाई बैचारीक रुपमा छलफल र बहस गर्ने समय पनि प्राप्त हुन सकेन । यो अधिवेशन नेतृत्वको लागि मात्र भयो । अब चाडै नीतिगत, विधान अधिवेशन हुन्छ । व्यापक छलफल, बहस गरीकन पार्टीलाई नयाँ शिराबाट लैजाने हो । तीनै तहको निर्वाचनमा बैचारीक स्पष्टता सहित जाने हो । पार्टीमा लोकतान्त्रीक मूल्यमान्यता नेपाली कांग्रेसमा देखियो । नेपाली कांग्रेसले अधिवेशन सम्पन्न गर्दै गर्दा पृष्ठभुमिमा धेरै राजनीतिक पार्टीका अधिवेशन जनताले, विश्वले हेरेको छ । लोकतान्त्रीक पार्टी कस्तो हुँदो रहेछ, लोकतान्त्रीक पद्धतीबाट निर्वाचित प्रतिनिधिहरु कस्तो हुँदो रहेछ भन्ने कुरा महसुस ठय्याक्कै देखिने गरी, बुझिने गरी मुलुकलेमात्र हैन विश्वले देखेको छ । लोकतान्त्रीक पद्धतीबाट हरेक व्यवस्थापनको खोजी गर्ने नेपाली कांग्रेसमात्र रहेछ भन्ने कुराको छिनोफानो भएको छ । मुलुकलाई अफ्ठ्यारो पर्दा जिम्मेवार पार्टी हु भन्नेहरु जसरी स्खलीत भए, जनताको दुई तिहाई नजिकको बहुमतलाई रसातलमा पु¥याए र पछिल्लो पल्ट अफ्ठ्यारोमा पर्दा पुनः नेपाली कांग्रेसलाई नै खोज्नु पर्ने जुन अवस्था सिर्जना भयो यि सबैकुरालाई बोकिकन जनता समक्ष जान्छौँ । तीनै तहको निर्वाचनमा निश्चित रुपमा जनताले नेपाली कांग्रेसलाई सगाउनु हुन्छ । नयाँ अनुहार नेपाली कांग्रेससँग छ, हामीहरु सबै एक भएर हिमाल, पहाड, तराई मधेश भित्र शिर्ष नेतृत्वलाई लिएर हामी आफै उपस्थीति भएर जान्छौँ । तीनै तहको निर्वाचनमा बहुमत दिलाउँछौँ ।
अन्तिममा जिल्लाबासिलाई के भन्न चाहानुहुन्छ ?
जिल्लाबासिको धेरै ठुलो सहयोग र सदभाव नभएको भए, सधै उत्साहित नगरेको भए, मेरो कामलाई सरहना नगरेको भए, मलाई इमान्दार बन्न नसिकाएको भए, पार्टीका लागि निष्ठापूर्वक लडिरहने धैर्यता मलाई नदिएको भए म यो ठाँउमा पुग्नेनै थिईन । जिल्लाको त्यहि साथ, माया, भरोसले यो ठाँउमा छु । जतिबेलासम्म पार्टीमा रहने छु, जिल्लाको नाक काट्ने छैन् । गाँउबाट उठेर आएको किसानको छोरो जुन ठाँउमा पुगेको छु, देशै भरीको साथीहरुका लागि, मुलुक र जिल्लाको समृद्धिका लागि समय खर्चिने छु ।