काठमाण्डाैं । शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त गरेको हो।
आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ।
परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।
हेर्नुहाेस् विज्ञापन-