पाँचथर । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा बैँक तथा बित्तिय क्षेत्रमा कार्यरत सरोकारवालाहरु सँग मंसिर २२ गते अन्तरक्रिया कार्यकम गरेको छ । पाँचथरको फिदिममा सम्पन्न उत्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारिले बैँक तथा बित्तिय संस्थाको सुसासनको बारे बतएका थिए । बिशेष अतिथिकै रुपमा बोल्दै जिल्ला समन्वय प्रमुख बिमल सापकोटाले बैँक तथा बित्तिय संस्थाबाट सेवाग्राहीलाई पर्ने गरेको असर बारे बताएका छन् । आर्थिक बिकासको लागि बैँक तथा बित्तीयलाई परिआएको समस्यामा जिल्लाको तर्फबाट सहयोग गर्ने बताए ।
उत्त कार्यक्रममा पुर्व वक्ताबाट आएका गुनासा तथा सरोकारवालाहरुबाट उठेका प्रश्न, बित्तीय संस्थाहरुको कमि कमजोडी, सेवाग्राहिका गुनसाहरु र सम्भाबित जिज्ञासाहरुको जवाफ दिदै प्रमुख अतिथि प्रदेश सरकारका प्रमुख सचीव डा. राम प्रसाद घिमिरेले अब आर्थिक बिकास र समृद्धिको लागि प्रदेश सरकारले बित्तिय साक्षरताको बारे जानकार गराउने बताएका छन् । बित्तिय क्षेत्रको १०/१५ बर्ष यता बिस्तार भएको छ र यस क्षेत्रमा आइपर्ने जोखिम न्यूनीकरण गर्न सरकरी बैँक सँगपनि संयोजन गर्न प्रदेश सरकार पछि नहट्ने बताएका छन् । अब आर्थिक आन्दोलनको बेला आएको र बैँक तथा बित्तीय संस्था बिकासकोलागी संघ,प्रदेश र स्थानिय तिनै तह बाट सहकार्य हुन जरुरी रहेको बताएका छन् ।
धितो पत्र, पुजि बजारिकरण, बैँक खाता तथा बित्तिय संस्थाको छनोट, खाता खोल्दाका फाइदा, बिमा गर्न किन जरुरी जस्ता बिषय बारे उत्त अन्तरक्रियामा छलफल गरिने उत्त कार्यक्रममा अध्यक्षता गरिरहेका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचीव सुमन दाहालले बताए । कार्यक्रममा बोल्दै दाहालले “ बित्तिय साक्षरताको आवस्यकता, लक्षित वर्गसम्म कसरी पुग्ने जस्ता बिषयमा अब मन्त्रालयको ध्यान जाने बताएका छन् । उत्त कार्यक्रममा नेपाल बैँक लिमिटेड प्रादेशिक कार्यलय बिराटनगरका प्रमुख सुर्य प्रकाश भट्टले सहजीकरण गरेका थिए । उत्त अन्तरक्रिया कार्यक्रममा संचारकर्मी, कृषक, महिलाकर्मी, जिल्लामा रहेका बैँककर्मचारी, सहकारिकर्मी, लगाएत बित्तिय सरोकारवालाको उपस्थिती रहेको थियो ।