पाँचथर । अफ्रिकन मुलुकमा देखापरेको कोभिड – १९ को नयाँ भेरियन्ट ओमिक्रोंन युरोप तथा एसियनका मुलुकहरुमा तिब्र गतिमा फैलिएका कारण पाँचथरमा उक्त भेरियन्टकाे जाेखिम पूर्वतयारीकाे लागि पाँचथरमा जिल्ला बिपत व्यवस्थापन केन्द्र (डिसीएमसी) काे अाईतबारबैठक बसि पूर्व तयारिकाे लागि निर्यण समेत गरेकाे छ ।
बैठकले अफ्रिका, बोल्सवाना, जिम्बाब्बे, लेसोयो,इस्वातिको, ड्राइनजिर बनाई यस जिल्ला तर्फ आउने र गएको तिना महिना भित्र यो मुलुकहरुको भ्रमण गरि जिल्ला फिर्ता हुनेलाई आज मंसिर १९ गते राति १२ बजे देखि जिल्ला प्रबेशमा अनुमति नदिने निर्णय गरेकाे छ ।
जोखिम भएका देश बाट जिल्ला आउने लाइ आर.टि.,पी.सी.आर अनिवार्य परिक्षण गर्नु पर्ने र जिल्ला प्रवेश गर्ने नागरिकको बिवरण नाकामा राख्ने, अन्य क्षेत्र बाट जिल्लामा प्रवेश गर्न सक्ने हुदाँ विभिन्न सरकारी कार्यालय र गैर सरकारी कार्यालयले स्वास्थ सामाग्रीको पूर्ण पालना गराउने लगायतकाे निर्णय गरेकाे छ ।
सबै नागरिकहरु अनिवार्य रुपमा मास्क लागाउने,स्थानीयतहले कोभिड १९ नया भेरियन्ट आउँन नदिने कार्यमा उच्चा सतर्कता अपनाउने र पूर्वतयारी गर्ने ,जस्ता बिषयमा निर्णय भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।