पाँचथर । फिदिम चोक देखि शनिबारे सम्म पुग्दा मात्र पनि थुप्रै ब्युटी पार्लरका बोर्ड देखिन्छन । मेन रोड मै नचाहिने, अलि भित्र पट्टि राख्दा चिनजान साथिभाइले थाहापाउदा आउने भएका कारण र व्यवसाय गर्दा लगानी पनि धेरै नचाहिने भएकाले पनि ब्युटिपार्लर प्रतिको आकर्षण बढ्दो छ । उद्योग बाणिज्य संघमा १२ र घरेलु तथा साना उद्योग कार्यलयमा फिदिम नगरपालिका भित्र १३ र फिदिम नगरपालिका बाहिर २ गरि जम्मा १५ वटा ब्युटिपार्लर दर्ता भएका छन् ।
तर यी दुबैमा दर्ता नभएका ब्युटी पार्लर पनि जिल्लामा छन् । ब्युटी पार्लार मात्र जिल्ला भित्र यति धेरै हुनु आफैमा ठूलो संख्या हो । यसबाट पनि ब्युटी पार्लर प्रतिको आकर्षण बुझ्न सकिन्छ ।
अहिले बिबाहको मौसम हो । ब्युटी पार्लरको व्यवसाहिक दृष्टिकोणबाट हेर्ने हो भने अहिले ब्युटी पार्लरको सिजन हो । गत बर्ष कोरोनाले थलिएको व्यवसाय यो सिजनले अलि उढ्छ कि भन्ने आस राखेकी छन, लक्की सुजिले फिदिम बजार मेनरोडको गेट छेउमा रहेको लक्की ब्यूटी पार्लरमा निकै भीडभाड हुने पार्लर हो ।
विगत १९ बर्षदेखि उक्त पार्लर सञ्चालन गर्दै आएकी लक्की सुजी दैनिक जसो ३०–४० जनालाई सेवा दिने गरेकी छिन् ।
पाँच लाख लगानीमा ब्यूटीपार्लर सञ्चालन गरेकी लक्की बिवाहको सिजनमा त दैनिक जसो २० देखि ३० हजार रुपैयाँसम्म कमाई हुने गरेको उनि बताउछिन् ।
पाँच जनाको परिवार खर्च उनको कमाइले धानेको छ। उनी बिगत सम्झिन्छिन – ’ मैले व्यवसाय सुरुगर्दा अहिले जस्तो क्रेज थिएन । त्यतिबेला ग्राहक पनि आउदैन थिए र ब्युटी पार्लरलाई हेर्ने दृष्टिकोण पनि यस्तो थिएन । अहिले त ३० बर्ष देखि माथिका प्राय आउछन् । बजारमा सयौ पार्लर खुलेका छन् भने अहिले त गाउँ तिर पनि प्रसस्त खुलेको छ ।
ब्युटी पार्लरलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको उनी बताउछिन् । अहिले नङ पोलिस, नङ थप्ने, परेला लगाउन, कपाल तान्न र बिबाह पाटिमा जादा शृंगारको लागि पनि पार्लर आउन थालेका छन् । उनले ब्युटी पार्लर व्यवसाय मात्र गरेकी छैनन्, यसबारे तालिमपनी दिने गरेकी छिन् । अहिले पनि १०÷१५ जना प्राइभेट सिक्ने छन् ।
उनले भनिन अब पुस देखि सिटिभिटी बाट पनि सिकाउनेमा परेको छु । उनी भन्छिन अहिले सबै मानिस सचेत भएका छन् । ब्युटी पार्लर प्रतिको धारणा बद्लिएको छ । तर समय अनुसार आफुलाइ पनि अपडेट राख्नु पर्छ । बेला बेला नयाँ नयाँ प्रबिधिका ज्ञान सिक्न म पनि जाने गरेको छु । पहिला कपाल स्ट्रेट भनेर हुन्थियो अहिले केराटिन ट्रीटमेन्ट्कोलागी मान्छे आउछन् । त्यस्को लागि पनि आफू तयार रहनुपर्ने उनी बताउछिन् ।
केही बर्ष पार्लरमा काम सिकेर अहिले आफै पार्लर खोलेकी पुर्णिमा पनि यो व्यवसायमा खुसि छिन् । गाउँ बाट बच्चा पढाउन आएकी उनी बच्चा स्कुल गएपछी फुर्सदमा पार्लर सिकेकी उनले अहिले घर व्यबहार नै यहि व्यवसायबाट चलाएकी छिन् ।
नेपालमा भन्दा बिदेशमा पनि यस्को स्कोप राम्रो भएका कारण पनि बिदेश जान चाहनेले पार्लर सिकेर जाने गरेको लक्की बताउछिन् । उनी यो सिजन मात्र सिवा, भारपा, जोरपोखरी,लालिखर्क र सेजेपा बेहुली शृंगार्न पुगेकी छिन् । लक्की भन्छिन कुनै कुनै बेला त ताप्लेजुङ सम्म पुगेकी छु ।
अहिले पनि उनकोमा ६ जना स्टाफ छन् । ब्युटी पार्लर सिजन को व्यवसाय मानिन्थियो साउनमा मेहन्दी लगाउने,दशै तिहारमा कपाल स्ट्रेट र मंसिर माघ तिर बिबाहको शृंगारको काम हुन्थियो, तर अहिले सिजन त सिजन भैहाल्यो अरुबेला पनि ग्राहक आउने बिमला बताउछिन् । पार्लरमा कमाइ राम्रो भएको कारण र समाजमा हेर्ने दृष्टिकोण बदलिएको कारण पनि यस तर्फ आकर्षण बढेको उनी बताउछिन । कतिपय ग्राहकले फोटो देखाएर पनि गर्न लगाउछन । पछिल्लो समय न उमेर न त बर्ग यी बन्धनहरु हराउदै गएको उनको भनाइ छ । फिदिममा चोकै पिच्छे ब्युटिपार्लर खुलेका छन् । केहि समय सिकेर खुल्ने क्रम पनि जारी नै छ तर लक्की भन्छिन पार्लर खोलेर मात्र हुदैन समय र ग्राहकको चाहाना अनुसार काम गर्न सकियो भने मात्र सफल हुन सकिने उनी बताउछिन् ।