तुलसा अधिकारी भन्दै थिइन ‘म लगाएत मेरो घरमा पाँच जना दिदी बहिनी छौँ । मेरा आमा–बुवा छोरा जन्माउन चाहानु हुन्छ । यो लैङ्गीक हिंसामा पर्छ नि हैन दिदी ?’ मैले जवाफ दिए– हो ।
हामी पाँचथर बहुमुखि क्याप्सनको प्राङगण्डमा छलफल गर्दै थियौँ । उनले थपिन ‘ बहिनी पाँच बर्षकी छिन, म स्नातक पढ्दै छु । छोरा घरमा चाहियो रे ।’
यो बिषयमा तपाईं केही बोल्नु हुन्न ? बाबा आमालाइ सम्झाउनु हुन्न ? मेरो यो प्रश्नमा भावुक बन्दै भनिन् ‘कसरी सम्झाउनु हामीलाई जन्मदिने आमा बुवालाइ ?’
तपाईको आमा पनि त शारिरिक हिंसामा पर्नु भएको छ । धेरै सन्तान जन्मिदा उहाँको शरीर बिग्रीन्न ? प्रश्न थिए । ‘के गर्नु यो समाजले गर्दा आमालाइ नि छोरा चाहिएको छ ।’
तुलसालाई थाहा छ यो एकप्रकारको हिंसा हो तर उनी मौन हुन छिन् । आफुलाइ जन्माउनेलाइ के सम्झाउनु ?
यहि छलफलमा स्नातक पहिलो बर्ष अध्यनरत सृष्टि जवेगुले सुनाएका कुराले समाजको झल्को दिन्थ्यो । ‘हामिले चै भोगेनौ तर ठुलोबुवाको छोरीहरु भन्नू हुन्थ्यो, सरले कक्षाकोठामा भित्री लुगाका फिता सुम्सुभ्याउनु हुन्छ भनेर ।’
त्यो कुरा सुनेपछि सर नजिक आउदा हामीपनि झस्कीन्थ्यौँ । अनि दिदिहरुले सहनु भयो रे ? सृष्टिले भनिन्न ‘अबुइ कसरी गर्नु प्रतिकार गुर्न लाज लाग्छ नि ।’
बिमला पाण्डेले भनेका बिषय उत्तिकै महत्पूर्ण थिए । ‘अहिले पो फेसबुक हेर्छौ स्कुल कलेजमा हिंसाका बारे सुन्छौ । हामीलाई यस्ता विषयमा कसैले सिकाएनन, पढाएन । यि कुराहरुमा सत्ययता छन् ।र हामी हिंसा अन्त्य दिवस बनाएको बर्षौ भए पनि कसरी अन्त्य गर्न सक्छौ भन्ने बहस गर्दैनौ । विभिन्न किसिमका हिंसामा आफै परिरहेका छाँैँ तर बोल्दैनौ । त्या मलाइ परेको छैन किन म बोल्ने भनेर हिंसा देखि देखि चुप लाग्छौँ । देबि लोहारले सुनाईन ‘हिंसामा परिहाले के गर्न सक्छौ भनी कसैले सिकाउदैन । हामिले त सानैदेखि असमानता भोगीरहेका छौँ । हिंसा सहेका छौ, कहिले धारा मा त कहिले मन्दिरमा ।’ उनको अभिव्यक्ति चस्स मन छुन ेखालका थिए । जातिय भेदभावपनी त एकप्रकारको हिंसा हो कि ? हरेक क्षेत्र हरेक ठाउँमा कुनै न कुनै रुपमा हिंसामा परेका छौँ ।
सामाजिक रितिरिवाज, सोचाई तथा दृष्ट्रिकोणमा गलत प्रवृत्ति हावि हुँदा हिंसा, अपमानको सिकार हुनु पर्ने अवस्था छ । समाजमा यस्तो अवस्था छ कि संस्कार हो कि हिंसा छुट्टाउन सारै गार्हो छ । हरेक विषयमा नियत छ कि छैन् भन्ने कुरा महत्पूर्ण हो । कतिपय मिठो बोल्छन् तर नियत पत्ता लगाउन कठिन हुन्छ । जब नियत रहेछ भन्ने पत्ता लाग्छ समय निक्कै घर्किसकेको हुन्छ ।
हरेक बर्ष हिंसा अन्त्य दिवस मनाइरहन्छौ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ । यो दिवसको शुरुआत सन् १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकाबाट भएको हो । डोमिनिकल गणराज्यको तत्कालीन त्रुजिलो तानाशाही सरकार विरुद्ध आन्दोलन गर्ने क्रममा मिरावल परिवारका तीन दिदी बहिनीको हत्यासँग यो अभियानको इतिहास जोडिएको छ ।
अन्याय नसहने स्वभावका यी दिदीबहिनीहरू तत्कालीन त्रुजिलो तानाशाहीका विरुद्धमा थिए । तत्कालीन सरकारले तीनै दिदीबहिनी र उनको परिवारलाई राजद्रोहको आरोप लगायो । उनीहरू पटक–पटक जेल परे । १९६० को शुरुवातमा त्यहाँको सरकारले उनीहरूलाई राजद्रोहीका रूपमा घोषणा ग¥यो । यसरी घोषणा गरेको ११ महीनापछि नोभेम्बर २५ का दिन उनीहरूको हत्या भएको थियो । उक्त हत्यापछि त्रुजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक वर्षमा नै तानाशाही त्रुजिलो सरकारको अन्त्य भयो ।
त्यो घटनालाई महिलामाथि हुने हिंसाका रूपमा लिनुका साथै त्यसैको सम्झनामा सन् १९९१ मा सेन्टर फर वुमेन ग्लोबल लीडरसिप (सीडब्लुजीएल) को सहयोगमा २० देशका महिला संस्थाहरूले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन आहृवान गरेका थिए । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ मा यो अभियान मनाउने घोषणा गरेको थियो ।
नेपालमा १९९७ देखि विविध कार्यक्रम गरी यो दिन मनाउन गरिन्छ । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र इच्छाधीन आलेखलाई अनुमोदन गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्ने अभियानका रूपमा यस अभियानलाई मनाइएको थियो ।
२५ नोभेम्बर देखि १० डेसेम्बर सम्मलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको रुपमा मनाउन र विभिन्न कार्यक्रम गर्न थालिएको छ । यो १६ दिने अवसरमा जिल्ला स्तरमा केहि क्रियाकलाप गर्न खोजीन्छ । तर ती काम नामका लागि मात्र हुन्छन् । विश्वभरी गरिएका विभिन्न अध्ययनहरुले अहिले पनि प्रत्येक तीन महिनामा एक महिला माथी हिंसा तथ्याङ्क देखिन्छ । राष्ट्रिय महिला आयोगको प्रतिबेदन हेर्दा लाग्छ हिंसा महिलालाइमात्र भएको छ ।
जिल्लाको प्रहरी कार्यालय पाँचथरको रिपोर्ट हेर्दा जबरजस्ती करणीमा अघिल्लो आथिर्क बर्षमा २३ र यो बर्ष ६ जनामा भएको देखिन्छ । राष्ट्रिय महिला आयोगका अनुसार देशैभरी घरेलु र महिला हिंसाको रेकर्ड हेर्दा मा ७७÷७८ जम्मा १हजार ५ सय ७७ उजुरी दर्ता भएका छन् । जसमा मध्ये धेरै यातनाका उजुरी दर्ता भएका छन् । यसको संख्या १ हजार २ सय २३ रहेको छ ।
हिंसाको प्रकार हेर्दा र दर्ता हेर्दा पुरुष पीडित भएको कतै देखिदैन । हिंसा बालबालिका या महिलालाई मात्र हुन्छ त ? जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि राकेश थापा भन्छन् ‘हो तथ्यांकले यहि देखाउछ । हिंसा मै परेपनी हिंसामा परे भनेर केस दर्ता गर्न नआएको हुन सक्छ । पुरुष हिंसामा परे भनेर आए कानुनी कार्वाही अघि बढ्छ तर खासै आउदैनन् ।
पाँचथर रानिगाँउका पुरुष वैदेशिक रोजगारिका लागि बिदेश गएको केहि बर्ष पछि घर फर्किदा श्रीमती सम्पतीसँगै अर्कैसँग गईसकेकी थिएन् । सकेसम्म सम्पती कमाएर श्रीमतीलाई पठाएका उनले घरमा न श्रीमती पाए, न सम्पती । उनी डिप्रेसनमा गए । मानसिक सन्तुलन गुमाए उनी एउटि महिला बाट हिंसामा परेका हुन । पुरुष हिंसाको केस दर्ता हुन्छ, न त पुरुष केस दर्ता गर्न नै जान्छन । न त दर्बिलो कानुन नै छ । यो उदाहरण मात्र हो, कयौँ पुरुष पनि यस प्रकारको हिंसा बाट गुज्रिएको देखिन्छ ।
तुलसा लगायत आमा हिंसामा परेकी छन् । तर सामाजिक रितिरिवाज छोरा हुनै पर्छ भन्ने मनस्थितिका कारण हिंसा सहने बाध्यता छ ।
देखिने हिंसा धेरै होलान तर नदेखिने हिंसा अनगिन्ती छ न त त्यो दर्ता हुन्छ न दर्ता हुने स्थान सम्म पुग्छ नै । नदेखिने हिंसा सहन बिवश महिलाका दुख, दर्द हृदयविदारक छन् ।
श्रीमानले कुटपिट गरेको कुरा, अनेकन प्रतिभा तथा क्षमता भएर पनि घर भित्रै बस्नु पर्ने बाध्यता, कामको सिलसिलामा राती हिड्दा महिलालाई हेर्ने दृष्टिकोणको कुरा समाजमा छन् । समाजिक रुडवादी सोच र चिन्तनको सिकार बन्नु पर्ने देखिन्छ । शिक्षित भनिएकाहरुको पनि मानसिकता अझै परिवर्तन हुन सकिएरहेको छैन ।
कहिलेसम्म २० बर्षे दिदिको गार्ड ७ बर्षको भाइ हुने ? महिला हिंसाका घटनाहरू न्यूनीकरणका लागि पुरुषहरू मात्र जिम्मेवार छैनन् यस तर्फ महिला आफै पनि जिम्मेवार हुन जरुरी छ । छोटा लुगा लगाएर राती नहिड भन्ने बुवाआमाले अब लुगा नलगाई हिडेपनी बलत्कार गर्ने अधिकार तिमिलाइ छैन भन्ने ज्ञान छोरालाई सिकाउन जरुरी छ । घरपरिवारमा महिलामाथि कुनै प्रकारको हिंसा नगर्ने÷गर्न नदिने वातावरण बनाउन महिला तथा पुरुष दुबै क्रियाशील हुन जरुरी छ ।
बिद्यालय स्तरमा लैङ्गीक हिंसा विरुद्धका पाढ्यक्रमको बिकास गर्न जरुरी देखिन्छ । हिजोको शिक्षा प्रणाली भन्दा आजको शिक्षाको गतिले नै परिवर्तनको संकेत देखिन्छ । विद्यालय स्तरमा लैङ्गीक हिंसा विरुद्धकामा समान्यकुराहरु पढाईदा पनि केहि सकारात्मक संकेत गएको देखिन् छ। ।
फिदिम उच्च माबिकी समीक्षा न्यौपाने कक्षा ९ मा पढ्छिन् । उनलाई लैङ्गीक हिंसा, महिला हिंसा र बाल हिंसाको बारे केहिन केहि जानकारी छ । उनी भन्छिन ‘हिंसा सहनु हुदैन । आफुमात्र होइन म त अरुलाइ हिंसा गरेको देख्दा नि बोल्नु पर्छ भन्छु । म त बोल्छु ।’ विद्यालयका पाठ्यक्रममा बिषयबस्तु राखेपनी हिंसामा पर्दा के गर्ने भन्ने छैन ।
पाठयक्रम हेर्दा लाग्छ अब केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नै हिंसा न्यूनीकरण गर्न जोड सिद्धान्तमा मात्र होइन व्यवहारिक शिक्षामा जोड दिनु पर्छ ।
महिलालाई उत्पादनसँग जोड्न सहयोग गर्ने, परिवारका महिला तथा पुरुषहरूलाई कानूनी सचेतना दिने र आत्मरक्षा गर्न आत्मबल प्रदान गर्ने, महिलालाई घरबाहिर निस्कन प्रेरित गर्ने र त्यसका लागि वातावरण तयार गरिदिने जिम्मेवारी पुरुषले मात्र होइन समाजले लिनुपर्छ । अहिले पनि शिक्षित महिलाहरू परिवारको सहयोग नहुँदा घरमै थन्किएर बस्नु परेको कयौ उदाहरण छन् । महिलाका क्षमता तथा प्रतिभालाई घरमै थन्काएर राख्ने शिक्षित भनिने समुदाय पनि रहेको छ ।
कयौँ महिला आत्मनिर्भर नभएकै कारण हिंसा सहेर बसेका छन् । पृत्रिसतात्मक समाज भएका कारणले कयाँै पुरुषपनि आफुलाई परेको हिंसा समाजमा लुकाउन बाध्य छन् । कयौ बालबालिका हिंसा हो या अरुकेही हो भन्ने चेतनाको अभावमा हिंसा खपिरहेका छन् ।
जति हिंसाबाट वच्न महिला बालबालिकालाई सिकाइन्छ त्यतिनै महिलालाइ सम्मान गर्न पुरुषलाई सिकाउन जरुरी छ । जब सम्म संस्कारको नाममा र रितिरिवाजको नाममा महिलाहरूलाई आत्मनिर्भर हुन रोकिन्छ हिंसाको श्रृखला उत्तिकै बढ्ने देखिन्छ ।
महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि चेतनामूलक सन्देशहरू दिने, कानूनी उपचारका लागि सहयोग गर्ने, हिंसाका सवालमा शून्य सहनशीलताको विकास गर्ने, महिलामाथि हिंसा भएको वा भइरहेको वा हुनसक्ने कुराको जानकारी सम्बन्धित निकायलाई दिने, सामाजिक क्रियाकलापहरूमा महिलाहरूको सहभागिता बढाउन प्रयास गर्ने, महिलाहरूको क्षमता विकास र समान अवसरका लागि वकालत गर्ने, बालिका शिक्षालाई प्राथमिकता दिनु पर्छ ।
पुरुषहरूको हकमा महिलाले गरेको हिंसा बाहिर ल्याउदा जोइटिङ्ग्रे जस्ता ब्यङ्गको अन्त्य, र हिंसा सहनेले नै आफ्नुलागी आफै बोल्ने परिस्थितिको बिकास गर्न जरुरी छ । सामाजिक, मानसिक, यौनिक, शारीरिक तथा आर्थिक हिंसाजस्ता सवालहरूको अगुवाइ गर्न र आफू स्वयम् हिंसामा पर्दा अब पुरुषहरूले लाज मान्नुहुँदैन ।
महिला हिंसा पुरुषहरूले गर्दा मात्र भएको छैन ।
अगुवा महिलाहरूका व्यवहारले पनि महिलामाथि हुने हिंसाका घटनाहरू बढ्नुमा सघाउ पु¥याइरहेको छ । कुनै महिलाहरूमाथि हिंसा भएमा महिलाहरू नै उनको चरित्रमाथि प्रश्न गर्छन् । अपराधीलाई दोष लगाउनु भन्दा पनि पीडित महिलाको बानीव्यवहार जोडेर महिलाहरूले नै अपराधीलाई बचाउन मद्दत गरिरहेका हुन्छन् । त्यसकारण अगुवा महिलाहरूले आफूलाई ‘रोल मोडेल’ को रूपमा विकास गर्ने र ‘महिलाको लागि महिला’ अर्थात् एक महिलामाथि हिंसा हुँदा सबै महिला एकजुट भएर प्रतिवाद गर्ने हो भने हिंसाका घटना रोक्नमा केही सघाउ पुग्नेछ । अन्यथा यो ‘१६ दिने अभियान’ मात्र अभियान हुने छ ।