पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले शुक्रबार देखि लगातार फिदिम मावि गढी माबी र आज जोरसाल स्थित सुखबोद माविमा बालबालिकाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक कक्षा (लैङ्गिक हिंसा, घरेलु हिंसा, बालबिवाह, Cyber अपराध) सम्बन्धि जानकारी दिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सगै सूरु गरी बिद्यालयका बालबालिकाहरुलाइ चेतना कक्षा दिएको हो । बालबालिकाहरुमाझ लैगिक हिंसा, बालबिबाह, साइबर अपराध, सम्बन्धी बिषयमा एक कार्यक्रम गरी सचेतना दिएको जनाइएको छ । बिद्यालयका बालबालिकाहरुलाई, कक्षा कोठामा सचेतना सामाग्री हात हातमा दिएर प्रहरी निरिक्षक डम्बर बिश्कर्माले सचेतना कक्षा दिएका हुन् ।पाँचथरको सवै पालिकास्तरीय बिद्यालयहरुका बालबालिहरुलाइ सामाजिक दुरी कायम राखि उक्त बिषयमा सचेतना अभियान सञ्चालन गरीने र योजना बनाइने डिएसपी राकेस थापाले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यलय पाँचथरले लैङ्िगक हिंसा सम्बन्धित सचेतनामुलक कक्षा संचालन गरिएको हो ।
बिगत बर्षहरुमा पनि अभियान सञ्चालनमै थियो । तथापी सम्पुर्ण बिद्यालयमा गरिने कार्यक्रमहरु पूरा गर्न सकिएको थिएन । गत बर्ष कोभिड महामारिका बिचपनी थर्पु ,कुम्मायक,मिक्लाजुङ,च्याङ्थापु ,खान्द्रुङ, मौवा लगाएतका बिद्यालयहरुमा विभिन्न बिषयमा सचेतनामुलक कार्यक्रम गरिएको थियो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै कोभिड १९ को जोखिम न्यूनीकरणको लागि मास्क बितरणलगाएत अन्य स्वास्थ मापदण्डका सम्बन्धमा समेत सचेतना मुलक कार्यक्रम संचालन गरिसकेको सुचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए । अब यो अभियानलाई सञ्चालनमा निरन्तरता दिइने डिएसपी थापाले केन्जो खबर डटकमलाइ जानकारी दिएका छन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानमा प्रहरी सचेतना कार्यक्रम
लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानमा प्रहरी सचेतना कार्यक्रम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस