पाँचथर-झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण लथालिङ्ग भएको सडक अबरुद्ध हटाउने कार्य जारी रहेको पाँचथर प्रहरीले बताएको छ । ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भए पछि दसैँमान्न आफन्तमा गएका तथा फर्किदै गरेकाहरु बाटोमा अलपत्र भएका थिए । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देविको दर्शन गर्न हिडेका र फर्किएकाहरु हेवाँ खोला र फिदिम। लालीखर्कमा बसिरहेका थिए । अब एक घन्टा भित्रमा पाँचथर खण्डमा यातायात सञ्चालन हुने प्रहरीले बताएकाे छ ।
पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङ्लीङ जोड्ने मुख्य सडकको रुपमा मेची राजमार्ग रहेको छ । बैकल्पीक सडक भहुदाँ समस्या भएको हो ।घरनभएका एकान्तको बाटामा यात्रुहरु अलपत्र देखिन्छन् । पाँचथर देखि इलाम इलामको रक्से सम्म्मको सडक अब एक घन्टा भित्रमा हटाइ सक्ने र अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको र एक घन्टा भित्र सठक अबरूद्ध खुल्ने र पाँचथर खण्डमा यातायात सञ्चालन हुने बताइएकाे छ ।
राँकेदेखि फिदिम खण्ड हिजो राती अवेरसम्म खुलाउनका लागि प्रयास भएको थियो र आज पनि सडक खुलाउने प्रयास भइरहेको र अब केहि समय पछि पाँचथर खण्डको अबरुद्ध हटाउने प्रयास भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए ।
पाँचथरपर्ने राँके फिदिम खण्ड खुलाउनका लागि चारवटा स्र्काइब्रेट, नेपाली सेना, शसस्त्र प्रहरी खटीएको छ । सडक खुलाउने ठाँउमा रहेका प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार पहिरो भएका ठाँउमा एकतर्फि खुलाउने प्रयास भएपनि दजर्नौ ठाँउमा पहिरो खसेकाले समस्या छ ।
पाँचथर-ताप्लेजुङ खण्डअन्तर्गत थापाटार नजिकै सडकनै बगाएको छ । जताततै पहिरो खसेका छ भने सडकमा लेदो र पानी बगिरहेको देखिन्छ ।
यात्रुहरु विभिन्न ठाँउमा रोकिएका छन् । मंगलावर रातीदेखिनै यात्रुहरु बिचबाटोमा रोकिएका हुन् । यसका साथै तमोर करिडरम, मध्यपहाडी लोकमार्गका विभिन्न सडक अवरुद्ध छन् ।