फिदिम । उपचारको क्रममा ल्याईएको बालिकाको उपचारको क्रममा निधन भएको विषयमा सरोकारवालाहरुको बैठक बसिरहेको बेला अस्पतालमा तोडफोडभएको बिषयमा सुरक्षा समितिको ध्यानआर्कषण भएको सुरक्षा समितिको बिज्ञाप्तिमा भनिएको छ ।
बिज्ञाप्तिमा भनिएको छ उपचारको क्रममा ल्याईएको बालिकाको उपचारको क्रममा निधन भएको विषयमा सरोकारवालाहरुको बैठक बसिरहेको र समस्याको सामधान हुने क्रममा रहेको बेला अस्पतालमा केहि ब्यति र समुहले गैरजिम्बेवारी साथ हुलदङगा गरेको र सावृजनिक सम्पतीमा तोडफोडगरेकोमा सुरक्षा समितिको ध्यानआर्कष भएको बताइएको छ । उक्त गतीबिधिमा सहभागी जोकोही लाई कानुन कारबाही हुने छ ।
उपचारको क्रममा ल्याईएको बालिकाको उपचारको क्रममा निधन भए पछि बुधबार बिहानबाट पाँचथर अस्पताल तनाब ग्रस्त छ । ।झडप,तोडफोडको घटना भएको थियो । राती अवेरसम्म पनि विरोध प्रर्दशन भइरहेको छ । प्रमुख जिल्ला अधिकरी पुन्य प्रसाद ढकाल, नेपाल प्रहरीका डिएसपि दानबहादुर थापा, शसस्त्र प्रहरीका डिएसि किसोर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान पाँचथरका प्रमुख रमेश अधिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन् । पाँचथर सदरमुकमको अवस्था तनावग्रस्त भएको छ । आन्दोलनकारी अझैपनि प्रर्दशनमा छन् । प्रहरी बल प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गरेपनि स्थीति सामान्य हुन सकेको छैन् ।