पाँचथर– नेपाल प्रहरीको ६६ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयले यो दिवसमा विभिन्न कार्यक्रम गरी मनाइएका हुन् ।
पाँचथरमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक सामारोह आयोजना गरी यो दिवस मनाएको छ । उक्त अवसरमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरीएको थियो । यस्त,ै विरगती प्राप्त प्रहरीका आफन्तलाई सम्मान तथा जग्गा दातालाई सम्मान गरीएको थियो ।
एसइइमा उत्कृष्ट अंक ल्याउने प्रहरीका सन्नतीलाई पुरस्कृत गरीएको थियो । यस्त,ै उत्कृष्ट प्रहरी, ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कृत गरीएको थियो । प्रहरी दिवसमा आन्तरीक खेलकुद, सरसफाई लगायतका कार्यक्रम पनि भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाँचथर प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले प्रहरीले शान्ती सुरक्षा प्रवद्र्धन तथा अपराध अनुसन्धानमा प्रहरीले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा रणशेर गणका गणपति सुरज राउत, शसस्त्र प्रहरीका डिएसपि किसोर कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान पाँचथरमा प्रमुख रमेश अधिकारी लगायतको उपस्थीति थियो ।
दिवसको सम्पन्न गर्न सक्रिय भुमिका खेलेका तथा सहभागिलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि दानबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।