पाँचथर । महिनावारी रहर होइन, बाध्यता हो । यो प्राकृतिक प्रक्रिया पनि हो । किशोरी अबस्थामा पुगेको या अब प्रजनन क्षमतामा दक्ष भए भन्ने संकेत पनि हो महिनावारी, बिशेषत १० बर्ष देखि ४९ बर्षको उमेर सम्म यो क्रम चलिरहन्छ । कसैको कम उमेरमा रोकिनु या ढिलो उमेरमा शुरुहुनु बातावरण या त बशाणुगत कारणले यस्तो हुन्छ ।
हरेक महिना योनीबाट रगत बगेपछी महिनावारी भएको मानिन्छ । पहिला महिनावारी हँुदा सामान्य कपडाले रगल रोक्नको लागि लगाइन्थियो, त्यो त्यति सुरक्षित नभएपनी चलनचल्तिमा त्यही थियो । बिकासको क्रममा अहिले बजारमा सेनेटरी प्याट प्रयोग हुन थालेको छ । खेलकुद गतिविधिमा सहभागी हुने महिलाले तम्पोन्स प्याड र कसै कसैले कप पनि प्रयोग गर्छन् । कप पुनः प्रयोग गर्न सकिन्छ । तर तम्पोन्स र सेनेटरी प्याड पुनः प्रयोग गर्न सकिन्न । सर्वसुलभ तरिकाले उपलब्ध हुने प्याड चै सेनेटरी प्याड नै रहेको छ ।
पछिल्ला हप्तामा सेनेटरी प्याडको बारे अहिले निकै चर्चा छ । ‘रातो कर माफ गर’ भन्दै स्यानेटरि प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट ) निशुल्क गर सरकार भन्दै बिरोध प्रदर्शन गरेका छन् । यस्ता प्रर्दशनमा युवाहरुको सहभागीता छ । जनतालाइ निशुल्क रुपमा वितरण गर्नुपर्ने बस्तुमा कर लागाइएकोमा उनिहरुको आक्रोस रहेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको र सेनेटरी प्याडको कर जस्ताको त्यस्तै भएकाले हल्लाको पछि नलाग्न अर्थमन्त्रालायले अनुरोध गरेको छ ।
यि विरोध कार्यक्रममा युवती मात्र होइन युवकको पनि उपस्तिथि उत्तिकै थियो । सेनेटरी प्याड रहर नभएर आवश्यकता भएका कारण निशुल्क नै हुनुपर्ने हो तर के सरकारी तवर बाट यस्को लागि प्रयास नै नभएको हो त ?
विद्यालयमा सेनेटरी प्याड
सरकारले सेनेटरी प्याड कार्यविधि २०७६ बनाएर सामुदायिक विद्यालयमा वितरण तथा व्यवस्थापनको काम अघि बढाएको थियो । उक्त कार्यविधिमा भनिएको छः ‘सामुदायिक विद्यालयमा अध्ययनरत किसोर अवस्थाका छात्रालाई महिनावारीको समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन समाग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोहि कारणबाट नै विद्यालय छाड्ने समस्या समाधान गर्न, गुणस्तरीय शिक्षाको प्रत्याभूती गर्न र महिनावारी व्यवस्थापन सामाग्रीको दिगो विसर्जन तथा पुनः प्रयोग गर्न सकिने समाग्रीको पुनः प्रयोग गर्ने तर्फ उत्प्रेरी गर्न बान्छनीय भएकाले, विनियोजन ऐन २०७६ दफा (९) को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कार्यवीधि बनाएर लागु गरीएको छ ।’
उक्त कार्यविधिले सेनेटरी प्याड भण्डार, वितरण, प्रयोग तथा विर्सजनका लागि गर्नु पर्ने कामहरु समेटेको छ । संघिय शिक्षा मन्त्रयालयका सचिवको नेतृत्वमा निर्देशक समिति, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा प्रदेश स्तरीय सेनेटरी प्याड व्यवस्थापन सहजिकरण समिति, स्थानीय तहको उपप्रमुखको नेतृत्वमा स्थानिय तह स्तरीय सेनेटिरी प्याड व्यवस्थापन सहजिकरण समिति, प्रध्यानाध्यापकको नेतृत्वमा विद्यालय स्तरीय सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहेको छ ।
विद्यालयमा छात्राको संख्या अनुरुप सेनेटरी प्याड पु¥याउनका लागि संघिय सरकारले टेन्डर खोल्ने गरेको छ । पाँचथर एक नगरपालीका सहित आठै स्थानीय तहमा प्याडका लागि बजेट विनियोजित छ । आठ स्थानीय तहमा यो बर्षमा सेनेटरी प्याडका लागि ७५ लाख ९४ हजार रुपैँया बजेट रहेको छ ।
फिदिम नगरपालिका भित्रका ३३ सामुदायिक विद्यालयका लागि चालु आर्थिक बर्षमा सेनेटरी प्याडको लागि ११ लाख बजेट आएको शिक्षा शाखा प्रमुख निर्मला दाहालले बताइन । नगरपालिकाले आ.व. २०६७/०७७ बाट नै किशोरी शिक्षा सम्बन्धि जनचेतनामुलका कार्यक्रम महिला जागरण संघ शाखा फिदिमसँगको साझेदारीमा कार्यक्रम संचालन गरेको थियो । १४ वटा वडाका महिला तथा किशोरीहरुलाई महिनावारी, महिनावारी स्वच्छता सम्बन्धि ज्ञान नहुँदा पर्ने दिर्घकालिन असर लगायतको विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरी सकेको फिदिम नगरपालिका उपप्रमुख उर्मिला प्रधानले जानकारी दिईन । बिद्यालय बन्द रहदा सेनेटरि प्याडको उपलब्ध संख्या बितरणमा हुन सकेन । फिदिम माध्यमिक बिद्यालयका प्राध्यानाध्यापक बिनोद ठाकुरका अनुसार गत बर्ष बिद्यालय बन्द भएका कारण छात्रालाइ परिक्षाका बेला घर लगेर प्रयोग गर्न अनुरोध गरेपनी उनिहरुले लगेनन । यस कारण स्टोरमा प्याड थुप्रीएको छ ।
याङवरकमा ३७ सामुदायिक विद्यालय । यसपटक सेनेटरी प्याडको लागि ५ लाख आएको सुचना अधिकृत केन्द्र खनालले जानकारी गराए । तुम्वेवा गाउँपालिकामा ३९ वटा बिद्यालय छन् । सेनेटरी प्याडको लागि ६ लाख ६५ हजार बजेट आएको र ६ वटा बिद्यालयमा सेनेटरि प्याड डिस्पोजल मेसिन समेत जडान गरेको शिक्षा शाखाका प्रमुख छबिलाल ढकालले जानकारी गराए ।
उता मिक्लाजुङ गाउँपालिकामा ५६ वटा सरकारी बिद्यालय रहेका छन् । यहाँ ६ देखि १२ कक्षाका छात्राका लागि १४लाख १८ हजारको सेनेटरी प्याड आएको शाखा प्रमुख तिर्थराज मिश्रले जानकारी गराए ।
कुम्मायक गाउँपालिकामा बिद्यालय संख्या ३७ रहेको र सेनेटरी प्याडको लागि ८ लाख १५ हजार बजेट आएको देबेन्द्र कटुवालले जानकारी गराएका छन् । हिलिहाङ गाउँपालिकामा ४४ सामुदायिक विद्यायलय रहेका छन् । उक्त गाँउपालीकमा सेनेटरी प्याडको लागि १२ लाख ५८ हजार बजेट आएको छ । त्यस्तै गरेर फाल्गुनन्द गाउँपालिकामा ४९ सामुदायि बिद्यालय रहेका छन् । १७ लाख ९६ हजार सेनेटरी प्याड खरिदका लागि आएको छ । फालेलुङ गाउँपालिकामा ४५ सामुदायि विद्यालय रहेका छन् । यहाँ १३ लाखको सेनेटरी प्याड खरिद भएको छ । तर प्याडको प्रयोग तथा आवश्यक सचेतनाको विषय भने पेचिलो छ ।
महिनावारी संवेदनशिल अवस्था
‘महिनावारी भनेको महिलाहरुको लागि संवेदनशिल अबस्था हो । यो बेला स्वास्थ्यको ख्याल गर्नु पर्छ’ पाँचथर अस्पतलाका प्रमुख डाक्टर बुद्धीबहादुर थापा भन्छन् ‘महिनावारी हुँदा प्रयोग गरिने प्याड सफा हुनुपर्छ । पुरानो थाङनाको प्याड प्रयोग गर्नु हुदैन । प्रयोग गरी सके पछि घाममा मजाले सुक्ने गरी सुकाउनु पर्छ । पुरानो थाङनाको प्याड प्रयोग गर्दा यौन जन्य रोगहरु हुन सक्छ । त्यसैले हेलचेक्रयाई गर्नु हुदैन ।’
महिनावारी अझैपनि लज्जाको बिषयसँग जोडिन्छ । अझै पनि म महिनावारी भए भन्न लजाउने गरेको पाईन्छ । सरिता मगर भन्छिन ‘पहिला पहिला सेनेटरि प्याड किन्न पसल जादा पुरुष व्यवसायी हँुदा नकिनी फर्किएकि छु । अचेल अलि कम लाज लाग्न थालेको छ ।’सेनेटरी प्याडकै लागी विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु नभएको पनि होइन । रसुवा जिल्लामा जिल्ला प्रशासन कार्यलयले सेवाग्राहिको लागि भनेरै सेनेटरी प्याड उपलब्ध गराउने गरेको छ । यस्तै बिद्यालयमा छात्राको लागि सुनसरीको धरानमा रहेको सरकारी बिद्यालय पब्लिक उच्च माध्यमिक बिद्यालयले छात्राको समस्या लाई ध्यानमा राखी सेनेटरी प्याड मेसिन नै खरिद गरेर ल्याएको छ ।

सेनेटरी प्याड लिदै गरेकी छात्रा
‘महिला शिक्षिका राख्दा पनि बिद्यालयमा महिनावारी हुदा प्याड माग्न असजिलो हुन्थ्यो । पेट दुख्यो भनेर झुट बोलेर घर जान्थौ तर अहिले प्याड आफै बटम थिचेर झिक्ने हुदा सहज भएको छ’ उक्त विद्यालयमा कक्षा–१० मा अध्यनरत छात्रा क्रीएसा श्रेष्ठ सनाईन ।
विद्यालयका प्रशासन शाखाका सन्जय खनालका अनुसार पहिले विद्यालयमा प्याडमात्र राख्दा खासै प्रयोग हुदैन अहिले मेसिन भएपछि छात्राहरुलाई प्रयोग गर्न सजिलो भएर होला प्रयोगको संख्या बढेको छ ।
समाजमा छोरीलाई त्यसरी नै हुकाइएको हुन्छ कि उनिहरु महिनावारी बारे कुरा गर्न नै हिच्किचाउछन् । नकारात्मक परिणाम स्वारुप महिनावारी हुँदा बिद्यालयमा बताउँन गार्हो मान्छन । नयाँ प्रबिधिले छात्रालाई प्रयोगका लागि सहयोग पुग्ने देखिन्छ ।
सरकारले सेनेटरी प्याडलाइ बिद्यालय स्तरमा सहज बनाउन खोजेपनि अघिल्लो आर्थिक बषर्मा बिद्यालय बन्द रहदा बजेट फ्रीज सम्म भएका छन् । बिद्यालय स्तरमा प्रयोग नभएका सेनेटरी प्याडलाइ उचित व्यावस्थापन गर्न सके निम्न बर्गिय समुदायमा पनि सेनेटरी प्याडको पहुँच पुग्न सक्ने थियो । यस तर्फ तीनै तहको ध्यान पुग्न जरुरी छ । समुदाय स्तरमा प्रभावकारी महिनावारी सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।