पाँचथर । पाँचथर जिल्लामा मानव अधिकार मञ्च नेपालले पत्रकार सम्मेलन गरेको छ । कोभिड १९ को समयमा बिपत परियोजना सम्बन्धी जानकारिको लागि पत्रकार सम्मेलन गरेको हो । मानव अधिकार मञ्चले बाल हेल्प लाइनको बारे चर्चा गरेको थियो । कोभिडको दोस्रो लहर सकिए संगै अब बाल बालिकामा जोखिम हुन सक्ने भाबी सम्भावना देखिने भएकाले हरेक स्थानिय तह बालबालिकालाइ हुन सक्ने कोभिड जोखिम न्यूनीकरणको लागि मानव अघिकार मन्च नेपालले यो कार्यक्रम गरेको हो ।
सम्मेलनमा बोल्दै मानव अधिकार मन्च नेपालका इलाम प्रमुख भत्त बहादुर थामिले,संस्थाको परिचय,कार्य क्षेत्रहरू,बाल हेल्प लाइन १०९८ बारे जानकारी, हेल्प लाइन संचालन भएका जिल्ला,सम्पन्न क्रियाकलाप ,अहिले सम्म भएका घटना र खोरमा थुनिएका बाल बालिकालाइ रेस्क्यु तथा पुनर्स्थापित गरेका दृश्यहरु देखाउनको साथै अस्पताल संगको सहकार्यमा कोभिडको लागि पुर्व तयारी कक्ष समेत देखाएका थिए ।
हुकोडेक नेपालका जिल्ला प्रतिनिधि युदिष्ठिर आमगाइले मानव अधिकार मञ्चका आउदा कार्यक्रममा पनि हुकोडेकले सहकार्य गर्ने बताएका थिए । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष गिरिराज बास्कोटाले जुन काम सरकारले गर्नु पर्ने हो त्यो काम मानव अधिकार मञ्चले गरेकोमा प्रसंशा गर्नु भयो ।
समापनमा बोल्दै मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देबेन्द्र बिश्वकर्माले २०५६ साल देखि नै मानव अधिकार तथा बाल अधिकारको लागि काम गर्दै आएको र १४ वटै जिल्लामा सहकार्यमा मात्र काम गर्न सकिने बताएका थिए । जिल्लाका कुना कुना मा पत्रकार पुग्ने र त्यहा देखिएको बाल हिंसाका बारे प्रत्यक्ष देख्ने हुनाले पत्रकारले पनि सहयोग गर्नु पर्ने बताएका थिए । जिल्लामा रिपोर्टकै आधारमा कयौ बालबालिकाको उद्धार गरेको उदाहरण पनि दिएका थिए । बाल हेल्पलाइन संचालन गरिने जानकारी दिएका थिए ।