पाँचथर । जिल्लाका पत्रकार र सरकारी कार्यालयका सूचना अधिकारी बिच छलफल भएको छ । लामो समय सम्म जिल्लाका सुचना अधिकारी र पत्रकारको बिच सम्बाद हुन नसक्दा सुचना प्रवाहमा समस्या देखिएको पाईएको छ ।
नेपाल पत्रकार महासंघ पाँचथर र जिल्ला प्रशासन कार्यलयको सहकार्यमा सम्पन्न भएको हो । पत्रकारहरुले सूचनाको हकलाई सफलतापूर्वक कार्यान्वन देखिएका समस्याका बारे उठान गरेका थिए । कानुनले तोकअुनसार सूचना सार्वजनिक नभएको, सूचना अधिकारी तोकिएपनि राम्रोसँग काम नभएको तथा कार्यालय प्रमुखहरुले सूचना अधिकारीलाई पर्याप्त सूचनाको पहुँचमा नराखेको जस्ता विषय उठाईएका थिए ।
छलफलमा बोल्दँै पत्रकार महासंघका साधारण सदस्य मंगल बेघाले कार्यालयमा सूचना अधिकारी तोकिएपनि गर्नु पर्ने काम नभएको बताएका थिए । पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेब ढुगानाले कर्मकाण्डी काममात्र हुने गरेको आरोप लगाए ।
छलफलमा बोल्दँै जिल्ला अस्पतालका सूचना अधिकृत नारायण जोशिले सूचना मागेकै आधारमासुध्रिने मौका समेत पाईने बताएका थिए । फिदिम नगरपालिकाकी सूचना अधिकृत निर्मला दाहालले दोहोरो जिम्मेवारी निभाउनेक्रममा सूचना अधिकारीको रुपमा राम्रोसँग भुमिका निभाउन नसेको बताएकी थिइन ।
सूचना सुन्ने बित्तिकै प्रमाणित नभई दिन नमिल्ने भएको कारण केहि ढिलाई हुने गरेको े प्रहरी निरिक्षक डम्बर बिश्वकर्माले बताए ।
कार्यक्रममा पाँचथरका साहयक प्रमुख जिल्ला अधिकारी धनन्जय शाहले यस्ता छलफले सूचनाको अधिकार कार्यान्वयनमा सहयोग पुग्ने बताएका । उनले आगामि दिनमा सूचना अधिकारीलाई तालिम तथा क्षमता विकासका लागि काम गर्ने उनको भनाई थियो । सूचनाको बत्ती बल्छ भष्टचारको बत्ती निभ्छ भन्ने उनको भनाई थियो । केहि सरकारी कार्यलय र गाँउपालिकाका सूचना अधिकारी कार्यक्रममा उपश्थित नभएकोमा आलोचना समेत भएको थियो ।
उक्त कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा तदरुप्दा दिदै तीन तीन महिनामा कार्यालयले गरेका गतिविधि सार्वजनिक गर्ने निर्णय गरीएको छ । यस्तै हरेक तीन महिनामा पत्रकार र सूचना अधिकारी बिच छलफल गर्ने निर्णय समेत गरीएको छ ।