पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टि पाँचथरले जिल्ला अधिवेशनको प्रकृया शुरु गरेको छ । सदरमुकाम फिदिममा मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त पार्टिले आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको तयारी स्वरुप वुधबार (आज) बाट पालिका अधिवेशन शुरु गरी असोज १५ गते प्रदेश तथा १६ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य सार्बजनिक गरेको हो ।
राप्रपाले अधिवेशनको तयारी शुरु गरिसकेको र आज याङवरक गाउपालिकाको अधिवेशन शुरु गर्दै १४ गतेभित्र सबै स्थानीय तहका अधिवेशन सक्ने कार्य तालिका पनि सार्वजनिक गरेको छ ।
जिल्लामा लामो समयदेखि समायोजन प्रकृया अगाडी बढ्न नसकिरहेका बखत गत भदौ २३ गते केन्द्रीय अध्यक्षत्रय कमल थापा,पशुपति समशेर राणा र प्रकाशचन्द्र लोहनीले जगत थापा मगरलाइ जिल्ला अध्यक्ष र राजकुमार जोशीलाइ सह अध्यक्षको जिम्वेवारी दिएको पत्र पठाएपछि गत भदौ २९ गते जिल्लामा पार्टि समायोजन भएको थियो ।
यद्धपी समायोजन पछिका बैठकहरुमा पशुपति शमसेर राणा पक्षधर नेता सगुनसुन्दर लावतीको टिम अनुपस्थित रहँदै आउनुभएको छ । पत्रकार सम्मेलनमा उपस्थित केन्द्रीय र जिल्ला तहका नेताहरुले लावतीको असहयोगका कारण पार्टि एकतामा समस्या हुदै आएको आरोप लगाएका थिए ।
पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष थापा सहित केन्द्रीय सदस्य तथा केन्द्रिय कार्यसम्पादन समितीका सदस्य तेजकुमार कुरुम्वाङ, केन्द्रिय सदस्यहरु छविरमण सुवेदी, बमबहादुर सम्वाहाम्फे,प्रेम थाम्सुहाङ र जिल्ला नेताहरु दिपेन्द्र योक्पाङदेन तथा होमराज थाम्सुहाङ लगायत उपस्थिती रहको थियो ।