पाँचथर । सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । हिजो दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनिलाई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानियले घर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर छ ।