बिकास परियोजन भएकाले एमसिसि संसोधन सहित पास हुने १ नम्बर प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बाहादुर आङ्बोले बताएका छन् ।नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश संसदिय दलका नेता समेर रहेका आङ्बोले गृह जिल्ला पाँचथरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । एमसिसी दुई देश बिचको सम्बन्ध संग जोडिएकाले संसोधन सहित पास गर्नु पर्ने धारणा व्यक्त गरे ।
१ नम्बर प्रदेशमा चाडैं नै मुख्य मन्त्री फेरिने आङ्बोले बताए । ” पाँच दलिय गठबन्धनको केन्द्रमा हुने सहमतिको आधारमा मुख्य मन्त्री चयन हुने छ । दल फुटेपछी १ महिना भित्र बिस्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । अब चाडै नै प्रदेश सरकारले नयाँ मुख्य मन्त्री पाउने छ । ” आङ्बोले भने प्रदेशमा नयाँ सरकार गठन भएपछी यो सरकारले रोकेका पुराना कामहरुलाइ निरन्तरता दिने छौ । सरकार अभिछिन्न उत्तराधिकारी भएपनी पुराना कार्यक्रमलाई निरन्तरता नदिएको आरोप आङ्बोले लगाए । अहिले सरकारमा रहेकाहरुको पदिय आसक्ति देख्दा उदेक लाग्ने आङ्बोको भनाइ थियो ।