पाँचथर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले सातौ संबिधान दिवसको अवसरमा फिदिम २ मा अबस्थित सिद्दपोखरी सेवा सदन जेष्ट नागरिक आश्रममा खाद्यान्न चामल,तेल, बिस्कुट,चाउचाउ लगाएतका सामग्री सहयोग गरेका हुन् ।
सिद्दपोखरी सेवा सदनमा आश्रित् १३ जना जेष्ट नागरिकलाई खाध्यान सामाग्री सहयोग गरिएको हो। आइतबार (आज ) गरिएको सहयोग कार्यक्रममा वडाका अध्यक्ष ,वडा सदस्य ,युवा व्यावसायि ,सिद्दपोखरी सेवा सदनकी अध्यक्ष राधिका थापा लगायतको उपस्थिति रहेको थियो ।