पाँचथर । झापाको बिर्तामोड-३ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर छ ।