काठमाडौं ।बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको क्याबिनेटमा रहेका एक मन्त्रीले नेकपा एकीकृत समाजवादी रोजेका छन्।
एमाले विभाजन भएसँगै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले एकीकृत समाजवादी रोजेका हुन्। निर्वाचन आयोगको बागमती प्रदेशस्थित कार्यालय हेटौंडामा खनालले आज सनाखत गरेका छन्। यसअघि खनालले निर्वाचन आयोगमा समेत सनाखत गरेका थिए। खनाल एमालेमा रहँदा केन्द्रीय सदस्य थिए।
खनालसहित १२ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन्। १२ जनाले एकीकृत समाजवादी रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। भदौ २ गते शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्।
१ सय ९ सदस्यीय बागमती प्रदेशमा एमालेका ५६ सांसद थिए। पार्टी विभाजन भएर १२ जनाले नेकपा एकीकृतलाई साथ दिएसँगै अब एमालेका ४४ सांसद भएका छन्।