काठमाडौँ । केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पार्टीको प्रवक्ता बने । प्रवक्ता भएको केही दिनमै महरामाथि धम्की आउन थालेको छ ।
महरालाई धम्की दिने अरु कोही नभएर उनै रोशनी शाही हुन् । महरा सभामुख हुँदा बलात्कार प्रयास मुद्धा उनै शाहीले हालेका थिइन् । यद्दपी महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन् । सफाई पाएपछि केही दिनअघि मात्रै महराले माओवादीको प्रवक्ताको जिम्मेवारी पाए ।
बिहीबार आज बिहान शाहीले सामाजिक सञ्जाल फेसबुकबाट दुई ‘आक्रमण’ गरिन् । महराको अर्को मुद्धा बाँकी नै रहेको शाहीले उल्लेख गरेकी छिन् । ‘अर्को मुद्दा बाँकि नै छ महरा जि’ शाहीले लेखेकी छन् ।
शाहीले अर्को पनि पोस्ट गरेकी छन् । ‘महरा सकिए महराको चालीस वर्षको राजनीति सखाप भयो महराको राजनीति योगदान खरानी भयो भनेर कराउनेहरू महराको राजनीति जहाँको त्यँहि हुनुमा एउटी महिलाले संसारसँग एक्लै लडेर बदनामी सहिन् अर्की महिला मृत्युको मुखमा परिन् पुरुष अगाडि बढ्नुमा महिलाहरू जल्नुपर्छ मर्नुपर्छ मृत्युको शैयामा आगोको ज्वालामा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।’