फिदिम । पाँचथरमा वैशाख २७ गते देखि भएको निषेधाज्ञा अब खुकुलो हुने भएको छ । यस अघि जारी गरिको निषेधाज्ञाको समय साउन ३२ गते राति १२ बजेबाट सकिदै छ । अब भदाै १ गतेबाट बजार बिहान ५ बजेबाट बेलुका ५ बजे सम्म खुल्ने भएकाे हाे ।
होटलहरुले सामुहिकरुपमा भेला हुने गरी सेवा दिन पाउने छैन् । पार्टी प्यालेस , स्वीमिङ्ग पुल , सपिङ्गमल , मनोरञ्जनस्थल , पार्क , सैलुन , ब्युटीपार्लर , जिम खाना र समूहमा खेलिने खेलकुदहरु , पुस्तकालय , संग्रालय आदि बाहेकका अन्य सबै पसल तथा व्यवसायहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि खोल्न पाइने भएको छ । यि पसलहरु हरेक दिन बिहान ५ः०० बजे बाट बेलुका ५ बजे सम्म खोल्न पाइने निणर्य भएको हो ।
।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले साउन ३२ राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा खुकुलो गर्ने निणर्य गरेको हो ।
पाँचथर साँझ ५ बजे सम्म खुल्ने
पाँचथर साँझ ५ बजे सम्म खुल्ने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस