पाँचथर– किसानहरु बर्खे आलु खनेर थन्काउदै छन् । लेकाली क्षेत्रमा उत्पादन हुने बर्खे आलु स्वादिलो मानिन्छ । पाँचथरको फिदिम नगरपालीका, मिक्लाजुङ, फालेलुङ, याङवरक गाँउपालीकामा बर्खेआलु बढिनै खेती हुने गरेको छ । पर्याप्त माग हुने तथा विउको रुपमा समेत प्रयोग हुने गर्छ । किसानहरु कतिले आलु थन्काउदै छन् भने कतिले बेचीपनि सकेका छन् ।
परम्परागत तरिकाले आलु खेती गरिरहेका किसानहरुले सरकारले आलु खेती प्रवद्र्धनका लागि सहयोग गुर्नु पर्ने माग समेत गर्दै आएका छन् ।
यहाँ उत्पादन भएको आलु तराई सम्म पुग्ने गर्छ । पहाडको आलु धेरैनै रुचिका साथ लिइने गरिन्छ । तर जिल्लामा नै तराई तथा भारतबाट आलु ल्याउनु पर्ने बाध्यता छ । किसानहरुले परम्परागत तरिकबाट आलु खेत िगरेपनि जिल्लाकै माग धान्न सक्ने अवस्था छैन् । यहाँको मिक्लाजुङ गाँउपालीकाले धेरै आलु फलाउने किसालाई प्रोत्साहन पुरस्कार दिन थालेको छ भने न्यूनतम सामाथ्र्य मूल्य समेत तोकेको छ । जिल्लाका अधिकतर क्षेत्रमा आलु खेती हुने भएपनि व्यवसायीक आलु खेती तथा आधुनिकरणमा भने ध्यान पुगेको छैन् ।
बर्खे तथा हिउँदे आलु प्रवद्र्धनका लागि सरकारले सहयोग गर्नुपर्ने किसानमा माग रहेको छ । पाँचथरमा २ हजार ४ सय ७३ हेक्टरमा ३३ हजार ९ सय ६५ मेक्ट्रिटन आलु उत्पादन हुने तथ्याङ्क कृषि ज्ञान केन्द्रमा रहेको छ । १ नम्बर प्रदेशमा भने ६६ हजार २ सय ८८ हेक्टरमा ९ लाख ८२ हजार ९ सय ५४ मेक्ट्रिटन आलु उत्पादन हुने तथ्याङक रहेको छ।
पाँचथरमा आलु उत्पादनको प्रसस्त सम्भावना छ । आलुको माग धेरै भएको पाईन्छ । यहाँका उत्पादन हुने आलु स्वादको हिसाबले पनि महत्पूर्ण छ । आलु खेती प्रवद्र्धन, किसानलाई सिप, प्रविधको सहयोग तथा बजार व्यवस्थापनका लागि तीनै तहको सरकारकाले सहयोग पु¥याउनु पर्ने देखिन्छ ।