फिदिम । पाँचथरमा लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । मंगलबार ४१ जनाकाे एन्टिजेन परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ५ सय ५४ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये २ हजार ९ सय ३१ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै २८ जना एचडयिुमा उपचारत रहेकाे र ५ सय ५५ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १७ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालय पाँचथरले जनाएको छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस