पाँचथरमा कोभिशिल्ड,भेरोशिल र अहिले जोनसन एण्ड जोनसन खोप वितरण भैरहेको छ।पाँचथर भरिमा कोभिशिल्ड १३ हजार ४४ जनाले पहिलो खोप लगाएर दोस्रो लगाउन बाकी छन् । एउटा डोज खोप लगाएर अर्को लगाउनु पर्ने समय सरकारले २८ दिन भनेको थियो पछि ४ हप्ता र ३ महिना हुँदै, भनेपनि पहिलो डोज लगाएर दोस्रो नलगाउनेको समय लगभग ४ महिना बितिसकेको छ। पहिलो लगाएर दोस्रोको लागि लामो समयको अन्तराल हुदा के दोस्रो डोजले जसरी काम गर्नु पर्ने हो त्यसरि काम गर्ला त भन्ने प्रश्न सबैको मनमा छ । रिसर्च कै कुरा गर्नु पर्दा काम गर्छ कि गर्दैन भनेर रिसर्च नै नभए पनी १२ हप्ता पछि लगाउदा यसको काम गर्ने क्षमतामा चै केही कमि हुने पाँचथर जिल्ला अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापा बताउछन्। १२ हप्ता भन्दा अगाडि दुबै खोप लगाउदा ८० देखि ९० प्रतिशत काम गर्नेमा १२ हप्ता भन्दा पछाडी लगाउदा त्यस्मा केही कमि हुने डाक्टर बुद्धि थापाले जानकारी गराए। तर पहिलो डोजले पनि एन्टिबडी बनाउन मद्धत गर्ने थापा बताउछन्।
लगभग ४ महिनाको समय पछि सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने भनिएता पनि पाँचथरमा भने नआएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख नारद सुवेदीले जानकारी गराएका छन्। कोभिशिल्ड १ हजार ६ सय ३७ जनाले दुबै डोज लगाएका छन्।भेरोसेल दुबै डोज लगाउने २ हजार ७ सय ९९, एक डोज मात्र लगाउने ७ हजार १ सय ४३ रहेको र जोनसन एण्ड जोनसन ९ हजार आएकोमा फिदिम नगरपालिका,फालेलुङ,हिलिहाङ,याङ्वरक गरि आज सम्म ५ हजार ७५ जनाले खोप लगाइसकेका छन् । बाँकी गाउँपालिकाहरु फाल्गुनन्द,कुम्मायक,तुम्बेवा र मिक्लाजुङ खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यलय पाँचथरका खोप सुपर्भाइजर गणेश तुम्बापोले जानकारी गराएका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले खोप सप्ताहका क्रममा दोस्रो डोजको खोप दिने कार्यलाई प्राथमिकता दिइने बताए पनि जिल्लामा फागुन पहिलो सातानै पहिलो खोप लगाएकाहरुको लागि दोस्रो डोज खोप काठमाडौ आए पनि जिल्ला आइनसकेको गणेश तुम्बापोले जानकारी दिएका छन्।
साउन २१ गते प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने जानकारी दिएका थिए।
देशभरिका सबै जिल्लामा अब ‘क्यूआर कोड’सहितको खोप कार्ड दिने व्यवस्था गरिएको समेत उनले बताए छन् ।
कहिले आउला १३ हजार ४४ जनाको लागि दोस्रो डोज कोभिशिल्ड खोप?
कहिले आउला १३ हजार ४४ जनाको लागि दोस्रो डोज कोभिशिल्ड खोप?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस