पाँचथर ।सुनसरी कोशी गाऊपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल सहित लड्दा एक जना जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ईनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् । आज दिउसो १ बजे भएको सो घटनामा देवानगंज गाऊपालिका ३ का २४ बर्षीय मो. सतार अंसारी समेत घाईते भई जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर जनाएको छ ।