पाँचथर । बर्षायामको शुरुवात संगै घरमा खाने अन्नपात जोगाउन नै समस्या भए पछि पाँचथर फिदिम नगरपालिका वडा नम्बर २ निबासी बुध्दरानी तुम्बापाे अाफन्तकाे घरमा साहरा माग्दै हिडेपछी जनसेवा समाज पाँचथरको संयोजगत्वमा सामाजिक दुरि कायम गर्दै टहरो व्यावस्थापन गरेको छ। ६१ बर्षिय बुध्दरानिको आफ्ना कोहि छैनन उनी एकल महिला हुन। लगातारको बर्षाले घरमा बस्ने अवस्था नभएपछी उनी आफन्तको मा बस्दै थिइन।अर्काको घरमा काम गर्दै जिविका पार्जन गर्दै गरेकी बुध्दरानीलाई घर बनाउन समस्या भए पछि जनसेवा समाज पाँचथरले सहयोगको हात बढाएको हो। नेपाली सेना रणशेर गणका गणपति श्री शुरज राउत लगायत उहाकाे सिङ्गो टिमले निरन्तर ५ दिन सम्म सहयोग गरि टहरो निर्माण गरिएको हो। जस्ताको छाना प्रयोग गरि घर तथा शौचालय सम्पन्न गरेको हो। यो टहरो निर्माणमा जस्ता पाता फिदिम नगरपालिकाकाे कार्यालयले उपलब्ध गराएकाे थियो भने टहरो निर्माणकालागी रु २२ हजार नगद फिदिम १ साब्राङ निबासि हाल मलेसियामा कार्यरत कुमार अाेझाले सहयोग गरेका हुन। नेपाली सेना रणशेर गण र स्थानीय छिमेकी हरुको सहयाेगले साउन २० गते सोही वडाका वडाध्यक्ष सुकपाल तुम्बापो मार्फत उत्त टहरो हस्तान्तरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारिले जानकारी गराएका छन् ।
|
|
एकल महिलालाई घर
एकल महिलालाई घर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस