पांचथर -ताप्लेजुङको १०१ फोटो सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चद्धारा प्रकाशित गरिएको उक्त फोटो साउन १५ गते नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमका साथ सार्वजनिक गरिएको हो ।
निर्वतमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, पर्यटन बोर्डका कार्यकारी प्रमुख डाक्टर धनन्जय रेग्मी ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्ता सावा, ताप्लेजुङ समाजका उपाध्यक्ष रमेश बराल लगायतले उक्त पुस्तक सार्वजनिक गरेका थिए।
सार्वजनिक गरिएको १०१ फोटो मध्ये नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका सदस्य सिताराम गुरागाँईले खिचेकोे फोटो सर्वोकृष्ट भएको छ भने ग्याजो लामाले खिचेको फोटो उत्कृष्ट भएको छ ।
साथै नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्व अध्यक्ष तथा ताप्लेजुङ विकास पत्रकार मञ्चका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले खिचेको फोटो प्रथम भएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष आन्नद गौतमले खिचेको फोटो द्वितीय र नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले खिचेको फोटो तृतीय भएको छ भने नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका सचिव सुवास आचार्यले खिचेका फोटो सबैभन्दा बढि रहेको छ ।
कार्यक्रममा निर्वतमान पर्यटन मन्त्री भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताउँदै यस प्रकारका फोटोहरुको संकलन तथा प्रकाशनले पूर्व क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उनले भने- नेपालको पर्यटन केही खास क्षेत्रहरूमा मात्र सिमित रहेको अवस्थामा पर्यटनलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको र ‘नेपालका धेरै जिल्लामा पर्यटनको प्रचुर सम्भावना छ । त्यसमा ताप्लेजुङ पनि एक हो तर हामीले पोखरा चितवन, पोखरा लुम्बिनी बाहेक अन्यत्र खासै पर्यटक लैजान सकेका छैनौं। यो अवस्थामा यस्ता क्रियाकलापले ती क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्नेछ।
सर्वोकृष्ट फोटोले रु २५ हजार रुपैयाँ प्राप्त गर्ने भएको छ । उत्कृष्ट फोटोले ११ हजार १ सय ११ प्रप्त गर्र्ने भएको छ भने प्रथमले ५ हजार ५ सय ५५, द्धितृयले ४ हजार ४४४ र तृतियले २ हजार २ सय २२ प्राप्त गर्ने भएको छ ।
त्यस्तै सान्तवना १५ वटाले दुई हजारको दरले प्रप्त गर्ने छ भने, उप्रान्त ८१ वटा सहभागिले एक हजारका दरले प्रप्त गर्ने छन् । पुरस्कार वितरण चाडै नै ताप्लेजुङमा एक कार्यक्रम मार्फत गरिने ताप्लेजुङ विकास पत्रकार मञ्चका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।